24.1 C
Kathmandu
Thursday, July 7, 2022
24.1 C
Kathmandu
32.7 C
Birgunj

कतार एअरवेजमा मेगा बैंकका ग्राहकलाई विभिन्न सेवा सुविधा तथा छुट दिने व्यवस्था

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं १० जेष्ठ — कतार एयरवेजले मेगा बैंक नेपाल लिमिटेडका ग्राहकहरुलाई हवाई यात्रामा विशेष छुट दिने भएको छ । मेगा बैंक नेपाल लिमिटेडकी सीईओ अनुपमा खुञ्जेली र कतार एयरवेज गुरुपका कन्ट्री म्यानेजर महम्मद ई इमाम बीच मेगा बैंकका ग्राहकहरुलाई कतार एयरवेजको हवाई सेवामा प्राथमिकता र छुट दिने सम्झौता भएको हो ।

- Advertisement -

सम्झौता अनुसार, कतार एयरवेजले मेगा बैंकका डेबिट र क्रेडिट कार्ड प्रयोगकर्तालाई आधार भाडादरमा १० प्रतिशत छुट दिने भएको छ । यो छुट कतार एयरवेजको उडान हुने १ सय ६० वटै देशमा लागू हुने सम्झौतामा उल्लेख छ ।

- Advertisement -

कतार एयरवेजको काठमाडौँको हात्तीसारस्थित कर्पोरेट कार्यालयबाट ग्राहकहरुले मेगा बैंकको कार्ड प्रयोग गरेर टिकट लिन सक्नेछन् । यसका साथै मेगा स्मार्ट मोबाइल बैंकिङमार्फत पनि मेगा बैंकका ग्राहकहरुले टिकट लिन सक्ने व्यवस्था मिलाइएको छ । मेगा बैंकका क्रेडिटकार्ड प्रयोगकर्ताहरुलाई मासिक किस्तामार्फत पनि टिकट खरिद गर्न मिल्ने सुविधा मिलाइएको छ ।

यसको साथ साथै मेगा बैंकले अस्पताल, रेष्टुरेण्ट, सपिङ मल लगायतका दर्जनौँ बिभिन्न सेवामुलक क्षेत्रसँग सम्झौता गरी आफ्ना ग्राहकहरुलाई थप सुविधा र छुटको व्यवस्था गर्दै आएको छ ।

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार

- Advertisement -