[ndc-today-date]
[ndc-today-date]

रौतहटका दलित छात्रालाई साइकल...

रौतहट,०८ जेठ ।  गरुडा नगरपालिकाले विद्यालयसम्मको दूरीका कारण पढाइ छोड्न वाध्य भइरहेका दलित...

सर्वोच्चमा लामिछानेको रिटमाथि वकिलको...

काठमाडौं,०८ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेका तर्फबाट दायर...

बीरगन्जको पुरानो नालामा सरसफाइ...

बीरगन्ज,०८ जेठ । वर्षौंदेखि उपेक्षित रहँदै आएको बीरगन्जको मुख्य नालाको सफाइ कार्य अन्ततः...

दुर्गा प्रसाईँलाई थप २...

काठमाडाैं,०८ जेठ । तीनकुने घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा...
spot_imgspot_imgspot_img
26.1 C
Kathmandu
36.3 C
Birgunj
spot_imgspot_imgspot_img

गढीमाई र सिम्रौनगढको विकास गर्न प्राधिकरण बनाउँछु: मुख्यमन्त्री राउत

spot_imgspot_img
spot_img

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बीरगंज, ११ जेठ  — प्रदेश न. २ का मुख्यमन्त्री लालबाबु राउतले प्राधिकरण बनाएर गढीमाई र सिम्रौनगढको विकास गर्ने घोषणा गर्नुभएको छ ।

- Advertisement -

बाराको गढीमाई मन्दिर संचालन तथा विकास समितिको चौथो साधारणसभाको शनिबार उद्घाटन गर्दै मुख्यमन्त्री राउतले प्राधिकरण बनाएर दुवै स्थललाई पर्यटकीय गन्तव्यको रुपमा विकास गर्ने धारणा राख्नुभयो ।
दुवै स्थलको विकासको लागि प्रदेश सरकार गंभिर छ, उहाँले भन्नुभयो गढीमाई र सिम्रौनगढलाई विश्वमा चिनाउने गरी काम हुन्छ ।
सबैभन्दा बढी प्रदान हुने स्थलमध्ये एक गढीमाई र ऐतिहासिक सिम्रौनगढ राज्यबाट उपेक्षित हुँदा धार्मिक पर्यटकीय स्थलको रुपमा विकास हुन नसकेको उहाँले दावी गर्नुभयो ।
गढीमाई मेलामा लाखौको संख्यामा श्रद्धालुभक्तजन आउने गरेपनि मेला व्यवस्थापन हुन नसक्दा श्रद्धालुलाई समस्या हुँदै आएको उहाँले थप्नुभयो ।
यसै वर्षमा आयोजना हुन लागेको गढीमाईको मेला व्यवस्थापनको लागि प्रदेश सरकारले सक्दो सहयोग गर्ने मुख्यमन्त्री राउतले बताउनुभयो ।
मेलामा शौचालय, खानेपानी लगायतको व्यवस्थापनमा प्रदेश सरकारले सहयोग गर्ने उहाँले थप्नुभयो ।
रामचन्द्र साहको अध्यक्षतामा भएको साधारणसभाको उद्घाटन सत्रमा भौतिक पुर्वाधार विकास मन्त्री जीतेन्द्र सोनलले गढीमाई र सिम्रौनगढको विकास गर्न प्रदेश सरकार तयार रहेको बताउनुभयो । प्रदेश सरकारको सहयोगमा गढीमाईमा ७ करोड ६० लाखको विवाहमण्डप र धर्मशाला निर्माण भइरहेको जानकरी उहाँले दिनुभयो ।
विकास निर्माणको काममा राजनीति नगर्नको लागि आग्रह गर्दै मन्त्री सोनलले प्रदेश सरकार सबैसित सहकार्य गरेर काम गर्न तयार रहेको बताउनुभयो ।
सो अवसरमा समाजवादी पार्टी नेपालका महासचिव एवम् प्रतिनिधिसभा सदस्य रामसहाय यादवले गढीमाई र सिम्रौनगढको विकास कार्य अगाडी बढिसकेको बताउनुभयो । दुवै स्थलको विकासमा संघीय र प्रदेश सरकार गंभिर रहेको उहाँले थप्नुभयो ।
कार्यक्रममा प्रदेससभा सदस्य पारस साह, स्थानीय तहका प्रमुख, उपप्रमुख, स्थानीय राजनीतिक दलका प्रतिनिधिहरुको उपस्थिति रहेको मुख्यमन्त्रिका स्वकिय सचिब दिपक यादबले जानकारी दिनुभयो ।

ताजा समाचार

spot_img

थप समाचार