Date
शनि, मंसिर २०, २०८२
Sat, December 6, 2025
Date
शनि, मंसिर २०, २०८२
Sat, December 6, 2025

सातदलीय समर्थनमा कृष्ण यादव...

बीरगन्ज,१९ मंसिर । मधेश प्रदेशमा नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादव प्रदेश...

७७ सांसदको समर्थनसहित कृष्ण...

काठमाडौँ,१९ मंसिर । नेपाली कांग्रेसका मधेस प्रदेश नेता कृष्ण यादवले प्रदेश प्रमुख सुरेन्द्र...

एमाले अध्यक्ष ओली देउवालाई...

काठमाडाैं,१९ मंसिर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर...

भेदभावमुक्त समाज निर्माणका लागि...

काठमाडौं,१९ मंसिर । प्रधानमन्त्री सुशीला कार्कीले सामाजिक न्याय र भेदभावमुक्त समाज निर्माणका लागि...
spot_imgspot_imgspot_img
9.1 C
Kathmandu
14.5 C
Birgunj
spot_img

कोपा डेल रे को उपाधि भ्यालेन्सियालाई

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

स्पेनिस घरेलु प्रतियोगितामा यो सिजन दोहोरो उपाधि जित्ने बार्सिलोनाको सपना भ्यालेन्सियाले तुहाएको छ । ला लिगापछि कोपा डेल रे को उपाधि जित्ने लक्ष्यमा रहेको बार्सिलोनालाई भ्यालेन्सियाले हराएको हो ।

निकै रोमाञ्चक बनेको फाइनलमा भ्यालेन्सियाले बार्सिलोनालाई दुई एक गोल अन्तरले हरायो । खेलको २१ औं मिनेटमा केभिन गामिरीयोले गोल गर्दै भ्यालेन्सियाले खेलमा अग्रता बनायो । त्यसपछि ३३ औं मिनेटमा रोद्रिगोको गोलमार्फत भ्यालेन्सियाले खेल दुई शून्यले अगाडि राख्यो ।

पहिलो हाफमा दुई गोलको अग्रता बनाएको भ्यालेन्सिया विरुद्ध दोस्रो हाफमा बार्सिलोनाले आक्रामक फुटबल खेलेको थियो । ७३ औं मिनेटमा लियोनल मेस्सीले गोल गर्दै अन्तर दुई एकमा झारेका थिए ।

मेस्सीको भ्यालेन्सियाविरुद्ध यो २८ औं गोल हो । तर त्यसपछि स्टार खेलाडीले भरिएको बार्सिलोना खेलमा फर्कन सकेन र च्याम्पियन्स लिगमा लिभरपुलसँग ब्यहोरेको हारको मलम यो खेलबाट लगाउने लक्ष्यमा चुक्न पुग्यो ।

यो जितले भ्यालेन्सियाले बार्सिलोनाविरुद्ध लगातार २० खेलको हारको श्रृंखलामा पूर्णविराम लगाएको छ । साथै उसले २००८ पछि पहिलो पटक कोपाको उपाधि जितेको हो ।

ताजा समाचार

थप समाचार