मङ्ल, अशोज १६, २०८०
Tue, October 3, 2023
मङ्ल, अशोज १६, २०८०
Tue, October 3, 2023
19.9 C
Kathmandu
19.4 C
Kathmandu
25.3 C
Birgunj

कोपा डेल रे को उपाधि भ्यालेन्सियालाई

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

स्पेनिस घरेलु प्रतियोगितामा यो सिजन दोहोरो उपाधि जित्ने बार्सिलोनाको सपना भ्यालेन्सियाले तुहाएको छ । ला लिगापछि कोपा डेल रे को उपाधि जित्ने लक्ष्यमा रहेको बार्सिलोनालाई भ्यालेन्सियाले हराएको हो ।

- Advertisement -

निकै रोमाञ्चक बनेको फाइनलमा भ्यालेन्सियाले बार्सिलोनालाई दुई एक गोल अन्तरले हरायो । खेलको २१ औं मिनेटमा केभिन गामिरीयोले गोल गर्दै भ्यालेन्सियाले खेलमा अग्रता बनायो । त्यसपछि ३३ औं मिनेटमा रोद्रिगोको गोलमार्फत भ्यालेन्सियाले खेल दुई शून्यले अगाडि राख्यो ।

- Advertisement -

पहिलो हाफमा दुई गोलको अग्रता बनाएको भ्यालेन्सिया विरुद्ध दोस्रो हाफमा बार्सिलोनाले आक्रामक फुटबल खेलेको थियो । ७३ औं मिनेटमा लियोनल मेस्सीले गोल गर्दै अन्तर दुई एकमा झारेका थिए ।

मेस्सीको भ्यालेन्सियाविरुद्ध यो २८ औं गोल हो । तर त्यसपछि स्टार खेलाडीले भरिएको बार्सिलोना खेलमा फर्कन सकेन र च्याम्पियन्स लिगमा लिभरपुलसँग ब्यहोरेको हारको मलम यो खेलबाट लगाउने लक्ष्यमा चुक्न पुग्यो ।

यो जितले भ्यालेन्सियाले बार्सिलोनाविरुद्ध लगातार २० खेलको हारको श्रृंखलामा पूर्णविराम लगाएको छ । साथै उसले २००८ पछि पहिलो पटक कोपाको उपाधि जितेको हो ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -