Date
बुध, माघ ७, २०८२
Wed, January 21, 2026
Date
बुध, माघ ७, २०८२
Wed, January 21, 2026

नेपालको सार्वजनिक ऋण २८...

काठमाडौं । नेपालको कूल सार्वजनिक ऋण २८ खर्ब रुपैयाँ नाघेको छ। चालू आर्थिक...

दिल्ली क्यापिटल्सले मुम्बई इन्डियन्सलाई...

वडोदरा । महिला प्रिमियर लिगअन्तर्गत कोटाम्बी स्टेडियममा भएको खेलमा दिल्ली क्यापिटल्सले मुम्बई इन्डियन्सलाई...

यस्तो छ आज विदेशी...

काठमाडौँ ।  नेपाल राष्ट्र बैंकले आज (बुधबार) का लागि विदेशी मुद्राको विनिमय दर...

बुधबार कुन राशिको लागि...

वि.सं.२०८२ साल माघ ७ गते । बुधबार । इस्वी सन् २०२६ जनवरी २१...
spot_imgspot_imgspot_img
6.2 C
Kathmandu
12.1 C
Birgunj
spot_img

लहान बजार दुर्गन्धित बन्दै , नगरपालिका मौन !!

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

सिरहा, १२ जेठ । सिरहाको लहान बजारमा नगरपालिकाका सरसफाई कर्मचारीले फोहोर नउठाउँदा ठाउँठाउँमा फोहोरका डंगुर थुप्रिएका छन् ।

फोहोरको दुर्गन्धले सर्वसाधारणलाई आवतजावतमा समस्याका साथै मानिस नाक थुम्न बाध्य भएका छन ।

दिनदिनै फोहोर थुप्रिँदै गएपनि नगरपालिकाले समस्या समाधानका लागि चासो देखाएको छैन । कर्मचारीहरूले बजारमा झाडु लगाउने तर, फोहोर नउठाउने निर्णय गरेका थिए ।

बुधवारदेखि उनीहरूले झाडुपनि लगाउन छाडेका तरकारी बजारका होटेल संचालक रघुबीर साह हलुवाईले बताएका छन् ।

चैतको अन्तिम सातादेखि नै स्थानीयले फोहोर फाल्न रोक लगाउँदै आएका छन् । त्यसपछि फोहोर व्यवस्थापन सम्बन्धी समस्या समाधान गर्न वडा नम्बर एकदेखि १० सम्मका वडाध्यक्षहरूको एउटा समिति गठन गरिएको थियो ।

समितिले नगरका २४ वटै वडामा फोहोर व्यवस्थापन गर्ने वैकल्पिक ठाउँ हेर्ने, स्थानीयसँग छलफल गर्ने र राजनीतिक दलका प्रतिनिधिसहित बैठक गर्न निर्णय गरेको वडा नम्बर १ का वडा अध्यक्ष फागु चौधरीले बताए ।

ताजा समाचार

थप समाचार