शनि, अशोज १३, २०८०
Sat, September 30, 2023
शनि, अशोज १३, २०८०
Sat, September 30, 2023
26.6 C
Kathmandu
22.7 C
Kathmandu
30.6 C
Birgunj

लहान बजार दुर्गन्धित बन्दै , नगरपालिका मौन !!

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

सिरहा, १२ जेठ । सिरहाको लहान बजारमा नगरपालिकाका सरसफाई कर्मचारीले फोहोर नउठाउँदा ठाउँठाउँमा फोहोरका डंगुर थुप्रिएका छन् ।

- Advertisement -

फोहोरको दुर्गन्धले सर्वसाधारणलाई आवतजावतमा समस्याका साथै मानिस नाक थुम्न बाध्य भएका छन ।

दिनदिनै फोहोर थुप्रिँदै गएपनि नगरपालिकाले समस्या समाधानका लागि चासो देखाएको छैन । कर्मचारीहरूले बजारमा झाडु लगाउने तर, फोहोर नउठाउने निर्णय गरेका थिए ।

- Advertisement -

बुधवारदेखि उनीहरूले झाडुपनि लगाउन छाडेका तरकारी बजारका होटेल संचालक रघुबीर साह हलुवाईले बताएका छन् ।

चैतको अन्तिम सातादेखि नै स्थानीयले फोहोर फाल्न रोक लगाउँदै आएका छन् । त्यसपछि फोहोर व्यवस्थापन सम्बन्धी समस्या समाधान गर्न वडा नम्बर एकदेखि १० सम्मका वडाध्यक्षहरूको एउटा समिति गठन गरिएको थियो ।

समितिले नगरका २४ वटै वडामा फोहोर व्यवस्थापन गर्ने वैकल्पिक ठाउँ हेर्ने, स्थानीयसँग छलफल गर्ने र राजनीतिक दलका प्रतिनिधिसहित बैठक गर्न निर्णय गरेको वडा नम्बर १ का वडा अध्यक्ष फागु चौधरीले बताए ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -