पोखरिया — पर्साको कालिकामाई गाउँपालिका वडा नं ५ बिरंचिवर्वाका दलित परिवारलाई ग्यास सिलिण्डर र चुलो बितरण गरिएको छ ।
शनिबार आयोजित एक कार्यक्रममा वडा कार्यालयले आफ्नो वडाका ४७ दलित परिवारलाई ग्यास सिलिण्डर र चुलो बितरण गरेको हो ।
ग्यास बितरण गर्दै वडा अध्यक्ष पवन तिवारीले वडाका हरेक घरमा ग्यास सिलिण्डर पुर्याउने लक्ष लिएको हो ।
राज्यले उपलब्ध गराउने सेवा सुबिधाहरुमा पनि दलितहरुलाई विशेष प्रथमिकता दिने उनको भनाई थियो ।
कार्यक्रम मा वडा नम्बर ५ का सचिव मणिभुषण प्रसाद, वडा सदस्य महेन्द्र राउत, स्थानिय चुमन राउत, बागड महतो, वचन राउत, सतन राउत, भोज राउत, हनिफ मिँया लगायतको उपस्थित रहेको थियोे ।