Date
शनि, असार ७, २०८२
Sat, June 21, 2025
Date
शनि, असार ७, २०८२
Sat, June 21, 2025

राजविराज भन्सारबाट ११ महिनामा...

राजविराज,०७ असार । राजविराज भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८१/८२ को ११ महिनामा...

जनावर तर्साउने विद्युतीय धराप...

जनकपुर,०७ असार । जङ्गली जनावरबाट बाली जोगाउन खेतमा जडान गरिने विद्युतीय धराप किसानहरूको...

बजेट वितरणमा बेइमानी नगर्न...

काठमाडौं,०७ असार । नेकपा (एकीकृत समाजवादी) का सांसद कृष्णकुमार श्रेष्ठले बजेट विनियोजनमा गरिएको...

पीस जोन एकेडेमीद्धारा चिसो...

बीरगन्ज,०७ असार । बीरगन्जको बसपार्क क्षेत्रमा शनिवार पीस जोन एकेडेमीका विद्यार्थीहरूले यात्रु र...
spot_imgspot_imgspot_img
24.9 C
Kathmandu
36.1 C
Birgunj
spot_imgspot_imgspot_img

नेपाली युवती यौन शोषणमा परी भागेर घर फर्किन सफल

spot_imgspot_img
spot_img

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

धनुषा – विवाहको नाटक गरेर भारतको कोठीमा पुर्याइएकी धनुषाकी एक युवती भागेर नेपाल पर्किन सफल भएकी छिन् । उनी एक महिलाको सहयोगमा भारतबाट नेपाल फर्किन सफल भएकी हुन् ।

- Advertisement -

बन्धक बनाएर नसालु पदार्थ प्रयोग गरी तथा कुटपीट गरी यौन व्यवसाय गराउँदा ती युवती बिरामी समेत परेकी थिइन् । उनी जनकपुर अञ्चल अस्पतालमा उपचारपछि घर फर्किएकी छिन् ।

चार महिना अघि बटेश्वर गाउँपालिकाकी ती युवतीलाई महोत्तरीको लोहरपट्टी नगरपालिकाका एक युवकले प्रेम जालमा फसाएर भगाएका थिए ।

युवतीका परिवारले खोजी गर्दा महोत्तरीका ती युवाले भगाएको पत्ता लागेको थियो । ती युवाले उनीहरु दुवै प्रेम सम्बन्धमा रहेको र युवतीसँग विवाह गरी युवतीको सम्पूर्ण जिम्मा लिने बताएका थिए ।

भगाएको डेढ महिनापछि ती युवकले आफ्नो घरपरिवारको उपस्थितिमा युवतीसँग विवाह पनि गरेका थिए । विवाहपछि युवकले युवतीलाई आफ्नो घर नलागी दुईचार दिन यताउता राखी भारतको मुजफरपुरको एक कोठीमा देहव्यापार गर्न र्पुयाएका थिए ।

युवतीलाई यौन व्यवसायमा संलग्न गराउँदा नमानेपछि नसालु सुई प्रयोग गरी हातखुट्ट बाँधेर चरम यातना समेत दिँदै आएका थिए । ‘पहिला प्रेम गर्छु भनेर भगाए ।

विवाहको नाटक गरी मलाई छलेर भारतमा लगेर मलाई बेचिदिए’ युवतीले आफ्नो पीडा सुनाउँदै भनिन् ‘मलाई त्यहाँ यौन व्यवसायमा जबरजस्ती पठाइन्थ्यो । मैले अस्वीकार गर्दा हातखुट्टा बाँधेर नसाको सुई लगाइदिन्थे, चिच्याउँदा कुटपीट गर्थे र मुखमा कपडा कोचिदिन्थे ।’

कोठी नजिकैका एकजना महिलाले आफूमाथि भएको पीडा हेर्न नसकी माया लागेर नुहाइदिने वाहानामा मलाई बाहिर निकालेर घरसम्म आउन सहयोग गरेको पीडित युवतीको बताइन् ।

चरम यातना र यौन शोषणमा परेर बिरामी भएकी ती युवती जेठ ४ गते साँझ जनकपुरको रामानन्दचोकमा आएर अलपत्र परेकी थिइन् । जानकी प्रहरी चौकीले त्यहाँबाट उद्धार गरी उनका घर परिवारलाई बोलाएका थिए ।

पीडित परिवारले आफ्नो छोरीमाथि भएको यातना र यौनशोषणको विषयमा जिल्ला प्रहरी कार्यालय धनुषामा उजुरी दर्ता गराएका छन् ।

युवतीले आफूलाई माया गर्छु भनेर विवाहको नाटक गरी बेच्नेलाई र उनलाई सहयोग गर्नेहरुलाई कारबाहीको लागि पहल गरिदिन गुहार पनि गरेकी छन् ।

धनुषाका प्रहरी उपरीक्षक शेखर खनालले ती युवतीलाई विवाह गरेर भारत लगेर यौन व्यवसाय गराएको घटनाको छानविन गरिरहेको बताउनुभयो । उहाँले यस्ता गम्भीर प्रकृतिको अपराध गर्ने जो सुकैलाई पक्राउ गरी कडा कारबाही गर्ने र अपराधिको खोजी भैरहेको जानकारी दिनुभयो ।

ताजा समाचार

spot_img

थप समाचार