Date
मङ्ल, पुस २९, २०८२
Tue, January 13, 2026
Date
मङ्ल, पुस २९, २०८२
Tue, January 13, 2026

महतो नेतृत्वको सदभावना र...

बिरगंज , २९ पुस । आम जनता पार्टी (आजपा)ले मंगलबार एकैदिन दुई पार्टीसंग...

कांग्रेस विशेष महाधिवेशन :...

वीरगञ्ज २९ पुस । नेपाली कांग्रेसको विशेष महाधिवेशनमा पक्षधरहरूले निर्वाचन प्रक्रिया धमाधम अघि...

नेपाली कांग्रेसको विशेष महाधिवेशन...

काठमाडौं, २९ पुस । नेपाली कांग्रेसको विशेष महाधिवेशनका लागि निर्वाचन समितिले निर्वाचन तालिका...

गच्छदारले भने कांग्रेस संकटमा,...

वीरगञ्ज , २९ पुस । नेपाली कांग्रेसका वरिष्ठ नेता विजय गच्छदारले पार्टी गम्भीर...
spot_imgspot_imgspot_img
13.1 C
Kathmandu
16.4 C
Birgunj
spot_img

विधिअनुरुप बनाइँदैन राष्ट्रिय झण्डा

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं १२ जेष्ठ — नेपालको राष्ट्रिय झण्डाको खोजीमा गुगल सर्च इन्जिनमा जानेहरूलाई एउटा अन्योल आइपर्छ । कारण चन्द्र र सूर्यका कोण सङ्ख्या नमिलेका झण्डा गल्ती फेला पार्न सकिन्छ । कुनै झण्डामा चन्द्रका सातवटा कोण फेला पार्न सकिन्छ भने सूर्यका कोण १६ वटासम्म भएका झण्डा फेला पर्छन् ।

पछिल्लो पटक नयाँ गठन भएको नेपाल अभिभावक महासङ्घका पदाधिकारीहरूले सामाजिक सञ्जालमा संस्थाको नयाँ लोगो सार्वजनिक गरे । त्यसमा राखिएको झण्डामा सूर्यको १६ वटा कोण प्रयोग गरिएको देखेपछि एक अभिभावकले सो गलत रहेको सजग गराए । उत्तिखेरै महासङ्घका जिम्मेवार पदाधिकारीले त्यसलाई सच्याउने धारणा पोष्ट गरे ।

राष्ट्रिय झण्डामा जथाभावी रङ्ग, आकार र कोण सङ्ख्या प्रयोग गर्ने गरिएकोप्रति राष्ट्रिय झण्डालाई आधुनिक स्वरुपमा डिजाइन गर्नुहुने नेपालका पुराना इञ्जिनियर शङ्करनाथ रिमाललाई अचेल निकै दुःखित तुल्याउने गरेको छ । एउटा पुस्तकमा झण्डाको किनारा कालो छापिएको छ ।

“सबै रङ्को बेग्ला बेग्लै महत्व हुन्छ । कालो रङ्लाई शुभ मानिदैन । नीलो रङ्को मसी उपलब्ध नभएर पक्कै किनारा कालो बनाइएको होइन” उहाँले भन्नुभयो, “झण्डामा प्रयोग गरिने रङ्गका बारेमा हेक्का नराख्नु ठूलो भूल हो ।”

राष्ट्रिय झण्डाले आधुनिक स्वरुप पाएको ५७ वर्ष बितेको छ । २०१९ सालको संविधानमा नयाँ कायम गरिएको मापदण्डसहितको राष्ट्रिय झण्डालाई समावेश गर्ने निर्णय भएपछि त्यसको जिम्मेवारी इन्जिनियर रिमाललाई तत्कालीन सरकारले प्रदान गर्यो ।

दुई महिना लगाएर उहाँले राष्ट्रिय झण्डाको आधुनिकरुपमा व्याख्या गर्नुभयो । महाभारत कालमा पनि यस्तै झण्डा प्रयोग गरिन्थे । पाँच हजार वर्षअघिदेखि प्रयोगमा रहेका झण्डाको संस्कृतिलाई मास्नु भएन र मौलिकता प्रदान गर्दै आधुनिक झण्डाको डिजाइन गर्नु आफ्ना लागि निकै चुनौतिको जिम्मेवारी रहेको उहाँले स्मरण गर्नुभयो ।

त्यसलाई त्यो बेलाको संविधानमा समावेश गरियो जुन अहिलेसम्म कायम छ । “झण्डामा मनपरी भयो, निश्चित मापदण्ड हुनुपर्दछ, त्यसैले नयाँ व्याख्या गरिदिनुपर्यो भनेर म कहाँ प्रस्ताव आयो ।

वैदिक कालदेखि प्रयोग हुँदै आएको झण्डालाई परम्परा र संस्कृतिलाई कायम राख्ने गरी नयाँ व्याख्या गरियो” उहाँले थप्नुभयो, “त्यसवापत पारिश्रमिक दिइएन, तर झण्डाको प्रसङ्ग चल्दा मलाई स्मरण गर्नु नै मैले आर्जन गरेको सम्पत्ति हो ।”
नीलोले आकाशलाई पनि जनाउँदछ । यो अनन्त पनि हो । पञ्च तत्वमध्येको एक हो । रातोलाई धार्मिक वा शुभ कार्यमा प्रयोग गरिन्छ । यो उर्जा पनि हो । २०१९ सालअघि प्रयोग गरिएका नेपालका झण्डामा रङ्को एकरुपता थिएन । किनाराको आकारमा पनि एकरुपता हुन्थेन ।

कसैले चन्द्रलाई माथि र कसैले सूर्यलाई माथि राख्ने गर्दथे । कलाकारहरुले चन्द्र र सूर्यमा प्रयोग गरिने कोणको सङ्ख्या आफूखुशी बनाइदिन्थे ।

झण्डाभित्र प्रयोग गरिएका चन्द्र र सूर्यको पनि बेग्लै अर्थ छ । डिजाइनकर्ता रिमालले चन्द्र करुणा हो र सूर्य प्रज्ञा (बुद्धि)को प्रतीक भएको बताउँदै भन्नुभयो, “करुणा र प्रज्ञाको समिश्रण नै बुद्ध हो । प्रज्ञाबेगरको करुणा र करुणा बेगरको प्रज्ञा निरर्थक हुन्छ ।” १२ महिनाको सङ्केतका रुपमा सूर्यमा १२ वटा कोण राखिएको छ, भने चन्द्रमा १६ पक्ष हुने हुँदा आठ वटा कोण प्रयोग गरियो ।

बाँकी आठ वटा कोणलाई खुर्पे चन्द्रमा लुकाइएको छ । नेपालको संविधान २०७२ को अनुसूचि १ मा राष्ट्रिय झण्डा बनाउने तरिका नै उल्लेख गरिएको छ । त्यसमा किनारा, चन्द्र र सूर्य बनाउने तरिका छ ।

ताजा समाचार

थप समाचार