spot_img

ऋतिक रोशनको ‘सुपर ३०’को नयाँ रिलिज टार्गेट

spot_img
spot_img

बलिउड अभिनेता ऋतिक रोशन अभिनित फिल्म ‘सुपर ३०’ले फिल्म प्रदर्शन मिति तय गरेको छ। यसअघि जुलाइ २६ मा सार्वजनिक हुने भनिएको थियो। तर, अभिनेत्री कङ्गना रनावत अभिनित ‘मेन्टल हे क्या’ले पनि सोही दिन रिलिज टार्गेट गरेपछि सुपर ३० ले प्रदर्शनी मिति फेरबदल गरेको हो।

अब फिल्म जुलाइ १२ मै आउने भएको छ। फिल्म प्रस्तुतकर्ता कम्पनी रिलायन्स इन्टरटेनमेन्टले सामाजिक सञ्जालमार्फत नयाँ रिलिज टार्गेट राखेको बारे जानकारी दियो।

गणित विज्ञ आनन्द कुमारको जीवनमाथि बनेको फिल्ममा मुख्य भूमिका ऋतिक रोशनले खेलेका छन्। उनले सुपर ३० अभियानको सुरुवात गरेका थिए। पट्नाबाट सुरु भएको यस अभियानमा ३० उत्कृष्ट विद्यार्थी इन्डियन इन्स्चिट्युट अफ टेक्नोलोजीमा प्रवेश परिक्षा दिनका लागि छानिन्छन्। र, उनीहरुलाई नि:शूल्क पढाइन्छ।

फिल्मलाई विकास वाह्लले निर्देशन गरेका हुन्। कलाकारहरु म्रुनाल ठाकुर, विरेन्द्र सक्सेना र पंकज त्रीपाठीको पनि अभिनय देख्न सकिन्छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय