[ndc-today-date]
[ndc-today-date]

सुन्दरहरैँचामा अन्तरराष्ट्रिय शैक्षिक सम्मेलन...

मोरङ, ६ वैशाख । मोरङको सुन्दरहरैँचा नगरपालिकास्थित सुकुना बहुमुखी क्याम्पसमा पहिलो अन्तरराष्ट्रिय शैक्षिक...

वैदेशिक रोजगारीमा रहेका नेपालीलाई...

काठमाडौं, ६ वैशाख । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा...

शिक्षकहरूको रमिता बढी भयो...

काठमाडौँ, ७ वैशाख । नेकपा (एकीकृत समाजवादी) की नेतृ रामकुमारी झाँक्रीले शिक्षकहरूको सडक...

अब वीरगन्ज डुबानमा नपर्ने...

वीरगन्ज,०६ बैशाख । वीरगन्ज महानगरपालिकाले वर्षायाम नजिकिँदै गर्दा सहरलाई डुबानबाट जोगाउन मुख्य नालाको...
spot_imgspot_imgspot_img
21.1 C
Kathmandu
35.5 C
Birgunj
spot_imgspot_imgspot_img

यी हुन् राहुल गान्धीलाई हराउने अभिनेत्री !!

spot_imgspot_img
spot_img

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

भारतमा लोकसभाको चुनावको नतिजा आउने क्रम जारी छ । विशुद्ध राजनीतिज्ञ मात्र नभएर भारतमा चलचित्र कर्मी, खेलाडी तथा अन्य विधामा चर्चा कमाएका व्यक्तिहरू यसपाली चुनावी मैदानमा थिए । नतिजामा सर्वत्र भाजपा हावी भइरहेका बेला भाजपासँग आवद्ध कलाकार, गायक, खेलाडी वा अन्य विधाका व्यक्तिहरू पनि आफ्नो पक्षमा नतिजा पार्न सफल भएका छन् ।

- Advertisement -

चुनावको नतिजाले काङ्ग्रेसलाई निकै कमजोर देखाइरहेको छ । यस्तैमा काङ्ग्रेसका अध्यक्ष राहुल गान्धीलाई अभिनेत्री तथा भाजपाकी केन्द्रिय मन्त्री स्मृति ईरानीले हराएकी छन् । चुनावमा काङ्ग्रेसलाई अचम्मित पार्ने समाचारको रुपमा स्मृतिसँग राहुलको हारलाई हेरिएको छ । स्मृति लामो समय टेलिसिरियलमा सक्रिय रुपमा काम गरेकी थिइन् ।

स्मृति लगायत धेरै कलाकारले चुनावमा उम्मेद्वारी पेश गरेका थिए ।

- Advertisement -

सनी देओल
लोकसभाको चुनाव भन्दा केही दिन पहिले भाजपाको सदस्यता लिएका अभिनेता सनी देओलले जित हात पारेका छन् । पन्जाबको गुरदासपुरबाट उठेका सनीको निकटतम प्रतिद्वन्द्वी पन्जाब प्रदेशका काङ्ग्रेस अध्यक्ष सांसद सुनील जाखड रहेका थिए ।

हेमा मालिनी
वरिष्ठ अभिनेत्री हेमा मालिनी भाजपाकी नयाँ सदस्य होइनन् । उनको यो दोस्रो चुनाव हो र दोस्रो पटक पनि उनले काङ्ग्रेसका महेश पाठक र गठबन्धनका नरेन्द्र सिंहलाई पछि पार्दै जित हात पारेकी हुन् ।

शत्रुघ्न सिन्हा
भाजपाबाट काङ्ग्रेसमा गएका अभिनता शत्रुघ्नले भने हार व्यहोर्नु परेको छ । भाजपाको केन्द्रिय मन्त्री रवि शंकर प्रसादसँग प्रतिस्पार्धा रहेकोमा शत्रुघ्नले नमिठो हार व्यहोर्नु परेको हो । दुवैको सम्भावना भने धेरैले बराबर रहेको अनुमान चुनाव अघिदेखि नै गर्दै आएका थिए ।

उर्मिला मातोडकर
अभिनेत्री उर्मिला मातोडकरले पनि चुनावको निराशाजनक अनुभव पाएकी छन् । काङ्ग्रेसबाट उठेकी उनले भाजपाका उम्मेद्वारसँग हार व्यहोर्नु परेको थियो । त्यस्तै अभिनेता राज बब्बर, निरहुआ चुनावमा हार व्यहोरेका छन् । भने मनोज तिवारी, मनसुन सेनले भाजपाबाट उठ्दै चुनावमा जित हात पारेका छन् । त्यस्तै भारतीय क्रिकेट टोलीका पूर्व सदस्य गौतम गम्भिरले पनि चुनावमा जित हात पारेका छन् ।

पछिल्लो समय भारतमा कला क्षेत्रका धेरैको राजनीतिमा प्रवेश भएको छ । यस लोकसभा चुनावले भाजपामा रहेका सबै कलाकारको जित र भाजपा बाहेकका पार्टिबाट उठेका सबै कलाकारको हार देखाएको छ ।

ताजा समाचार

spot_img

थप समाचार