मङ्ल, अशोज १६, २०८०
Tue, October 3, 2023
मङ्ल, अशोज १६, २०८०
Tue, October 3, 2023
19.4 C
Kathmandu
19.4 C
Kathmandu
23.7 C
Birgunj

हतपतको काम लतपत, बीरगंज महानगरपालिका

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बीरगंज, ५ जेठ — बीरगंज महानगरपालिकालाई बिकसित, समृद्ध एवम् नमु्ना शहरको रुपमा हेर्न पाउने नगरवासिको सपना चकनाचुर भएको छ ।

- Advertisement -

बीरगंजमा बिभिन्न किसीमका कार्यक्रम तथा योजनाहरु ल्याएपनि प्रभावकारी रुपमा कार्यन्वयन नहुँदा महानगरको अवस्था अहिले लथालिंग भएको छ । महानगरपालिकाले सन्चालन गरेका थुप्रै योजना अन्र्तगत एउटा योजना हो हर्न निषेधित तथा प्लाष्टिकमा प्रतिबन्धित

बि.स. २०७५ साल पौस १७ गते महानगरलाई हर्न निषेधित तथा प्लाष्टिक प्रतिबन्धित क्षेत्र घोषणा गरिएको थियो । तर महानगर क्षेत्रमा न त हर्नं निषेधित छ, न त प्लाष्टिकमा प्रतिबन्ध ।

- Advertisement -

खासमा कुनै पनि बिकास निर्माण मात्रै नभएर अन्य योजनाहरु अघि सार्दा खेरी त्यसको लागि चाहिने आधारहरु तयार गरिनुपर्दछ । तर हर्न निषेधित र प्लाष्टिक प्रतिबन्धित गर्नको लागि चाहिने आधार तथा त्यसको बिकल्पको रुपमा नसोचेर हतपतको काम लतपत भनेजस्तै हतारमा घोषणा गरेको हुँदा प्रभावकारी हुन नसकेको नगरवासिको बुझाइ छ ।

हर्न निषेधित क्षेत्रमा जथाभावि हर्न बज्दै छ, किन निषेध हुन सकेन ? भनेर सोध्दा जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी निरिक्षक राजकुमार सिँहले बीरगंजमा राम्रोसँग सडकको पुर्वाधार बिकास भइनसकेको र त्यसको लागि सर्बसाधारणलाई हिँड्नको लागि फुटपाट, साइकल ल्यान, जेब्राक्रसिगं जस्ता थुप्रै आधारहरु पुरा गरेमात्र बीरगंजमा यो कार्यक्रम प्रभावकारी रुपमा कार्यन्वयन हुने बताउनुभयो । उहाँले हर्न निषेधित क्षेत्र घोषणा भइसकेपछि यसले ट्राफिक प्रहरीलाई पनि चुनौति दिएको हुँदा त्यो चुनौतिको सामना गर्न सबैको सहयोग को आवश्यक्ता औल्याउनुभयो । ट्राफिक प्रहरीले मात्रै चाहेर हर्न निषेधित गर्न नसक्ने बताउँदै उहाँले नेपाल पोस्ट डेलिसँगको कुराकानिका क्रममा यसको प्रभाबकारी कार्यन्वयनका लागि महानगरपालिकाका साथै सम्पुर्ण बुद्धिजिवि, समाजसेवी, सर्बसाधारण, यातायात ब्यबसायि लगायत लाई जनचेतनाका लागि सचेतनामुलक कार्यक्रमहरु सन्चालन गर्नु्पर्नेमा जोड दिनुभयो ।

त्यस्तै पर्साका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराइले महानगरपालिकाले अगाडि सारेको यो योजना अत्यन्तै सह्रानिय रहेको हुँदा यसलाइ गति दिन आवश्यक भएको बताउनुभयो । उहाँले प्रशासनको तर्फबाट महानगरका योजनहरुमा सहयोग गर्न पनि तयार रहेको बताउँदै हर्न निषेधित तथा प्लाष्टिक प्रतिबन्धितले ढिलो चाँडो सकरात्मक नतिजा दिनेमा बिश्वस्त भएको दावि गर्नुभयो । कुनै पनि कुराको परिवर्तन हुनको लागि समय लाग्नु स्वभाविक भएको बताउँदै प्रमुख जिल्ला अधिकारी भट्टराइले हर्न निषेधित तथा प्लाष्टिक प्रतिबन्धित क्षेत्र घोषणा अभियानले जनअपेक्षा अनुसार को प्रतिफल दिनको निम्ती अँझै केही समय कुर्नुपर्ने बताउनुभयो ।


यता महानगरपालिका हुनका लागि चाहिने आधारहरु पुरा नभएपनि उपमहानगरबाट महानगर घोषणा भएजस्तै हर्न निषेधित तथा प्लाष्टिक प्रतिबन्धित क्षेत्र घोषणा पनि त्यस्तै भएको महानगरपालिकाका नगरप्रमुख बिजय सरावगीले स्वीकार गर्नुभएको छ । आफुले सम्मुनत तथा बिकसित बीरगंजको परिकल्पना गरेपनि त्यस परिकल्पनालाई साकार पार्नका लागि संघिय सरकारको सहयोग नपाएको दुखेसो पोख्नुभयो । उहाँले बीरगंज नगरपालिका हुँदा खेरी आएका कर्मचारीले उपमहानगर हुँदै महानगर सम्म पनि उनै कर्मचारीले धानेको बताँदै दक्ष जनशक्तिको अभाब तथा संघिय सरकारले अहिले सम्म पनि कर्मचारी समायोजन नगरेको प्रति आपत्ति जनाउनुभएको छ ।

…….

योजना कार्यान्वयनका लागि स्पष्ट खाका नहुँदा महानगरमा विभिन्न योजनाहरु अलपत्र परेको देखिएको छ । हर्न निषेधित क्षेत्र घोषणा गर्दा चाहिने आवश्यक पुर्वाधार जस्तै फराकिला सडक, पैैदल हिँड्ने यात्रुलाई बाटो काट्नका लागि जेब्रा क्रसिङ्ग, टा्रफिक व्यवस्थापनका लागि ट्राफिक बिट तथा ट्राफिक प्रहरी लगायतका पुर्वाधारको अभावमा यो योजना कार्यान्वयन फितलो भएको यस क्षेत्रका बुद्धिजिवीहरुको बुझाई छ ।

त्यसैगरि हर्न निषेधित अभियान सँगै घोषणा गरिएको प्लाष्टिक प्रतिबन्धीत अभियान पनि नारामा सिमीत छ । यो योजना कार्यान्वयन गर्न का लागि पनि स्पष्ट खाकाको अभाव छ । मानिसको दैनिकीमा प्लाष्टिक अझ भनौँ पोलिथीन झोलाको असिम योग्दान छ । यसको विकल्प नहुँदा प्लाष्टिकको प्रयोग बढ््दो क्रममा छ । अभियानको सुरुवाती अवस्थामा गरिएको अनुगमनले केही ठाउँबाट प्लाष्टिक र पोलिथिनलाई बन्देज लागेपनि अनुगमन फितलो भएपछि फेरी त्यही अवस्थाको सृजना भएको छ ।

समग्रमा हेर्दा महानगर हतारिएको अनुभुतीको हुँदो हो । नागरिकले विकास पर्खेका छन् । तर, विकास निर्माणका कार्यक्रममा हतारिनु उचित नहुने नगरवासीको भनाई छ । यस्ता संवेदनशिल योजनाहरु हतारमा लागु गरिँदा हतारमा गरेको कामको पश्चाताप महानगरले फुर्सदमा गर्दै आएको छरपष्ट छ ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -