Date
सोम, फाल्गुन ४, २०८२
Mon, February 16, 2026
Date
सोम, फाल्गुन ४, २०८२
Mon, February 16, 2026

आईसीसी टी–२० विश्वकप :...

काठमाडाै,०३ फागुन । आईसीसी टी–२० विश्वकप अन्तर्गत भारत र पाकिस्तानबीचको बहुप्रतिक्षित खेल जारी...

पर्साका ७६ सय बालिकाले...

बीरगन्ज,०३ फागुन । पर्साका ७६ सय बालिकाले पाठेघरको मुखको क्यान्सर रोकथामका लागि लक्षित...

एक करोड ९१ लाख...

काठमाडौं,०३ फागुन । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि देशभरका...

प्रतिनिधिसभा निर्वाचन प्रचारप्रसार फागुन...

बीरगन्ज,०३ फागुन । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि फागुन ४ गतेदेखि १८...
spot_img

दार्चुलामा एक महिलाको हत्या, श्रीमान र नाति घाइते

spot_img

दार्चुला । दार्चुलामा अज्ञात् समूहले एकजना महिलाको हत्या गरेको छ । महाकाली नगरपालिका-३ काँटैस्थित पसलमा राति सुतिररहेका बेला अज्ञात समूहले कुटपिट गरी ६५ वर्षीया द्रोपती महराको हत्या गरेको प्रहरीले जानकारी दिएको छ ।

बंगाबगड-दल्लेख सडक छेउमा पसल गरेर बस्दै आएका महरा दम्पती तथा नातिमाथि नै अज्ञात समूहले कुटपिट गरेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक रवीन्द्र कठायतले बताए ।

द्रोपतीका श्रीमान् अन्दाजी ७५ वर्षीय वीरभान र नाति लोकेश महरा घाइते भएका छन् । उनीहरुको जिल्ला अस्पताल दार्चुलामा उपचार भइरहेको छ ।

घटनाको थप अनुसन्धानका लागि धनगढीबाट तालिम प्राप्त कुकुर मगाइएको प्रहरी निरीक्षक कठायतले बताए । ‘तालिम प्राप्त कुकुर मगाइएको छ, घटनाको थप जानकारी अनुसन्धानपछि आउछ,’ उनले भने ।

कुकुर ल्याएर अनुसन्धान गरेपछि मात्रै द्रोपतीको दाहासंस्कार गरिने छ ।

spot_img

ताजा अपडेट

लोकप्रिय