शनि, अशोज १३, २०८०
Sat, September 30, 2023
शनि, अशोज १३, २०८०
Sat, September 30, 2023
26.6 C
Kathmandu
22.7 C
Kathmandu
30.6 C
Birgunj

दार्चुलामा एक महिलाको हत्या, श्रीमान र नाति घाइते

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

दार्चुला । दार्चुलामा अज्ञात् समूहले एकजना महिलाको हत्या गरेको छ । महाकाली नगरपालिका-३ काँटैस्थित पसलमा राति सुतिररहेका बेला अज्ञात समूहले कुटपिट गरी ६५ वर्षीया द्रोपती महराको हत्या गरेको प्रहरीले जानकारी दिएको छ ।

- Advertisement -

बंगाबगड-दल्लेख सडक छेउमा पसल गरेर बस्दै आएका महरा दम्पती तथा नातिमाथि नै अज्ञात समूहले कुटपिट गरेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक रवीन्द्र कठायतले बताए ।

द्रोपतीका श्रीमान् अन्दाजी ७५ वर्षीय वीरभान र नाति लोकेश महरा घाइते भएका छन् । उनीहरुको जिल्ला अस्पताल दार्चुलामा उपचार भइरहेको छ ।

- Advertisement -

घटनाको थप अनुसन्धानका लागि धनगढीबाट तालिम प्राप्त कुकुर मगाइएको प्रहरी निरीक्षक कठायतले बताए । ‘तालिम प्राप्त कुकुर मगाइएको छ, घटनाको थप जानकारी अनुसन्धानपछि आउछ,’ उनले भने ।

कुकुर ल्याएर अनुसन्धान गरेपछि मात्रै द्रोपतीको दाहासंस्कार गरिने छ ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -