शुक्र, जेष्ठ १९, २०८०
Fri, June 2, 2023
शुक्र, जेष्ठ १९, २०८०
Fri, June 2, 2023
22.7 C
Kathmandu
24.9 C
Kathmandu
34.9 C
Birgunj

प्रियंकाले भारत छोड्दा सलमानले भने, ‘विवाहका लागि ठूलो फिल्म छोड्न् हिम्मतको कुरा’

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

सलमान खानको नयाँ फिल्म ‘भारत’ जून ५ मा ईदको मौकामा रिलिज हुँदैछ । यो फिल्मको मुख्य भूमिका कुमुदको भूमिका कट्रिना कैफले निभाएका छन् ।

- Advertisement -

यो भूमिकाका लागि सलमानको पहिलो रोजाई प्रियंका चोपडा थिइन् । यसबारे सलमान आफैंले जानकारी दिएका छन् ।

एक पत्रकार सम्मेलनमा सलमानले भने, प्रियंका यो फिल्मका लागि निकै उत्सुक देखिएकी थिइन् । उनी २० दिनका लागि भारतमा थिइन् । उनले अलीलाई फिल्मका लागि फोन पनि गरेकी थिइन् । तर अचानक निक आए र उनले विवाहको योजना बनाए ।

- Advertisement -

सलमान भन्छन, ‘प्रियंकाले मलाई भनेकी थिइन् कि निकले उनलाई विवाहको प्रस्ताव गरेका छन् । मिति निश्चित नभइसकेको उनले बताएकी थिइन् ।

त्यतिबेला मैले विवाह गर्न सल्लाह दिँदै आफूले दुई तीन दिन मिलाउन सक्ने बताए । तर उनले पछि फिल्मबाट अलग्गिने निर्णय गरिन् । प्रियंका निकै मेहनती नायिका हुन् । विवाहका लागि आफ्नो करियरको ठूलो फिल्म छोड्न ठूलै हिम्मत चाहिन्छ र त्यो उनमा छ ।

उनले भने, ‘प्रियंकालाई जे ठिक लाग्यो त्यो उनले गरिन् र कट्रिनाले जे पाइन् त्यो उनले डिजर्भ गर्छिन् ।’

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -