Date
बुध, माघ ७, २०८२
Wed, January 21, 2026
Date
बुध, माघ ७, २०८२
Wed, January 21, 2026

बाराका ४ क्षेत्रमा ११२...

बारा, ६ माघ। फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बारा जिल्लाका...

नेपालको सार्वजनिक ऋण २८...

काठमाडौं । नेपालको कूल सार्वजनिक ऋण २८ खर्ब रुपैयाँ नाघेको छ। चालू आर्थिक...

दिल्ली क्यापिटल्सले मुम्बई इन्डियन्सलाई...

वडोदरा । महिला प्रिमियर लिगअन्तर्गत कोटाम्बी स्टेडियममा भएको खेलमा दिल्ली क्यापिटल्सले मुम्बई इन्डियन्सलाई...

यस्तो छ आज विदेशी...

काठमाडौँ ।  नेपाल राष्ट्र बैंकले आज (बुधबार) का लागि विदेशी मुद्राको विनिमय दर...
spot_imgspot_imgspot_img
6.2 C
Kathmandu
12.1 C
Birgunj
spot_img

सशस्त्र प्रहरीद्वारा पटेर्वासुगौली ५ देउरियाबाट फेरि ३५ केजी चरेस बरामद

सिफारिस

जेठ  १३ सनम श्रेष्ठ

पर्साको पटेर्वासुगौली ५ देउरियाबाट आज अन्दाजी ३५ किलोग्राम चरेस सशस्त्र प्रहरीले बरामद गरेको छ
सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट जानकीटोला भिखमपुरका सशस्त्र प्रहरी निरीक्षक सोम श्रेष्ठको नेतृत्वमा गएको गस्तीटोलिले आज बिहान ६ः३० बजे बासको फेद र कुवाको किनारमा लुकाई छिपाई बेवारिसे अवस्थामा अबैध लागु औषध चरेस बरामद गरेको सशस्त्र प्रहरी निरीक्षक श्रेष्ठले जानकारी दिनु भयो ।

बिगत केही दिन देखि पटेरवासुगौली गाउपालिकामा सशस्त्र प्रहरी भिखमपुरको सक्रियतामा लागुऔषध गाजारचरेस बरामत गरिरहेको छ । चरेस कस्ले लुकाई छिपाई राखेको हो भन्ने अहिले पत्ता नलागेको हुदा थप अनुसन्धान भैरहेको निरीक्षक श्रेष्ठले बताए ।

अझै चरेस र गाजा लुकाई छिपाई राखेको हुनसक्ने भएकोले सो क्षेत्रमा सशस्त्र प्रहरी भिखमपुरले चौविसै घण्टा गस्ती गरिरहेको छ ।

मकावनपुरबाट पर्सा राष्ट्रिय निकुन्जको जंगलको बाटो हुदै पटेर्वासुगौलीमा राखेर भारत तर्फ सप्लाई गर्ने पटेर्वासुगौली लाई केन्द्र बनाएको हुदा प्रहरीले पटेर्वासुगौली ५ देउरियामा लाई बिशेष निगरानीमा राखिरहेको देखिन्छ ।

पटेर्वासुगौली ५ देउरियामा प्रहरीको छापा,३ साताभित्रै करिब साढे ८ क्विन्टल भन्दा बढी लागू औषध बरामद गरिएको छ

ताजा समाचार

थप समाचार