Date
बिहि, माघ ८, २०८२
Thu, January 22, 2026
Date
बिहि, माघ ८, २०८२
Thu, January 22, 2026

अगुवा कार्यकर्तासँगको अन्तरक्रियाले प्रदीप...

पर्सा — नेकपा एमाले पर्सा क्षेत्र नं. १ बाट प्रतिनिधिसभाका उम्मेदवार प्रदीप यादव...

अमेरिकाबाट ८० जना नेपाली...

काठमाडाैँ,०७ माघ । अमेरिकाबाट ८० जना नेपाली नागरिक डिपोर्ट भएका छन्। चाटर्ड विमानमार्फत...

निर्वाचन अवधिभर सोशल मिडिया...

काठमाडौं,०७ माघ । आगामी प्रतिनिधिसभा निर्वाचनको समयमा सामाजिक सञ्जालमार्फत हुन सक्ने दुरुपयोग र...

उच्चस्तरीय चिनियाँ टोली तीनदिने...

काठमाडौँ,०७ माघ । चिनियाँ कम्युनिष्ट पार्टी अन्तर्राष्ट्रिय विभागका नेपाल प्रमुख झेङ युहा (सरला)...
spot_imgspot_imgspot_img
5.1 C
Kathmandu
10.6 C
Birgunj
spot_img

विप्लव समूहले जनसरकार र सेना बनाइसक्यो, निशानामा उपत्यका : गृहमन्त्री

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं । नेकपा विप्लव समूहले जनसरकार गठन गर्नुका साथै जनसेना बनाएको सरकारले बताएको छ । साथै उसको निशानामा अहिले उपत्यका परेको गृहमन्त्री रामबहादुर थापा बादलले बताएका छन् ।

आइतबार काठमाडौंमा भएको श्रृखलावद्ध बम विस्फोटनका घटनाबारे संसदलाई जानकारी दिँदै गृहमन्त्री बादलले भने, उनीहरुले जनसरकारको रुपमा जनपरिषद् गठन गरेका छन् । जनसेनाको रुपमा चार कम्पनी निर्माण गरेका छन् । र, यो सबै गतिविधिको नेतृत्व गर्न नेकपा नामको पार्टी गठन गरेका छन् ।’

पछिल्लो वर्षहरुमा गैरकानुनी गतिविधि गर्दै आएको विप्लव समूहले अहिले मुख्य निशाना उपत्यकालाई बनाएको गृहमन्त्री बादलले बताए ।

आइतबार भएको बम विस्फोटका घटनामा चार जनाको मृत्यु हुनुका साथै आधा दर्जन घाइते भएको उनले संसदलाई जानकारी दिए । घटनामा मृत्यु भएका सबै विप्लव समूह सम्बद्ध नै भएको र घाइतेमा पनि अधिकांश उनीहरु नै रहेको बताए ।

मुलधारमा ल्याउँछौं

विप्लव समूहले शान्ति र स्थायित्वलाई प्रभाव पार्ने गतिविधि गरिरहेको भन्दै उनले हिंसात्मक गतिविधि नियन्त्रण गरिने बताए । ‘यो समूहलाई नियन्त्रण गर्ने र वार्ता सम्वादद्धारा मुल प्रवाहमा ल्याउने प्रक्रिया अगाडि बढाएको छ’ गृहमन्त्री बादलले भने, ‘यो समूहलाई मुल धारमा ल्याउन र अपराधिक गतिविधि नियन्त्रण गर्न राज्य प्रतिवद्ध छ ।’

विप्लव समूहको बन्द र अपराधिक गतिविधिको जनस्तरबाट खारेज भएको तर, शैक्षिक संस्था र लामो रुटको यातायातमा आंशिक प्रभाव परेको उनले बताए ।

ताजा समाचार

थप समाचार