Date
शनि, मंसिर २०, २०८२
Sat, December 6, 2025
Date
शनि, मंसिर २०, २०८२
Sat, December 6, 2025

सातदलीय समर्थनमा कृष्ण यादव...

बीरगन्ज,१९ मंसिर । मधेश प्रदेशमा नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादव प्रदेश...

७७ सांसदको समर्थनसहित कृष्ण...

काठमाडौँ,१९ मंसिर । नेपाली कांग्रेसका मधेस प्रदेश नेता कृष्ण यादवले प्रदेश प्रमुख सुरेन्द्र...

एमाले अध्यक्ष ओली देउवालाई...

काठमाडाैं,१९ मंसिर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर...

भेदभावमुक्त समाज निर्माणका लागि...

काठमाडौं,१९ मंसिर । प्रधानमन्त्री सुशीला कार्कीले सामाजिक न्याय र भेदभावमुक्त समाज निर्माणका लागि...
spot_imgspot_imgspot_img
8.1 C
Kathmandu
13.6 C
Birgunj
spot_img

अर्थमन्त्रीको दावी– आर्थिक परिसूचक उत्साहजनक, गरिबी घट्यो

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं, १३ जेठ – अर्थमन्त्री डा. युवराज खतिवडाले आर्थिक वर्ष २०७५/७६ को अधिकांश सूचकहरु उत्साहजनक देखिएको बताएका छन् ।

सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा आर्थिक वर्ष २०७५/७६ को आर्थिक सर्वेक्षण सार्वजनिक गर्दै उनले राजनीतिक स्थायित्व कायम भएसँगै लगानीको वातावरणमा राम्रो सुधार भएको दावी पनि गरे ।

‘राजनीतिक स्थायित्व कायम भएको र विद्युत्को नियमित उपलब्धता तथा स्थानीय तहबाट पनि विकासको गति बढेको छ’ सदनलाई सम्वोधन गर्दै अर्थमन्त्रीले भने, ‘आर्थिक, सामाजिक तथा भौतिक पूर्वाधार विकासका परिसूचकहरु उत्साहजनक देखिएका छन् । विकासको गति बढेका कारण अर्थतन्त्र उच्च आर्थिक वृद्धिको मार्गमा अघि बढेको छ ।’

विकासले गति लिएको र गरिबीको रेखामूनी रहेको नेपालीको संख्या पनि घट्दै गएको अर्थमन्त्री खतिवडाले बताए । निरपेक्ष गरिबीको रेखामुनी रहेका जनसंख्या १८.७ प्रतिशतमा झरेको अनुमान छ ।
आर्थिक क्रियाकलापमा भएको बिस्तारका कारण प्रतिव्यक्ति आम्दानी बढेको र कुल गार्हस्थ्य उत्पादनमा भएको वृद्धिसँगै बचत गर्ने क्षमता पनि बढेको अर्थमन्त्रीले बताए ।

उनले भने, ‘विगत धैरै दशकमा पहिलो पटक आन्तरिक बचतले कुल गार्हस्थ्य उत्पादनको २० प्रतिशत नाघेको छ, यसले राष्ट्रिय पुँजी निर्माणमा उल्लेख्य योगदान पुगेको छ ।’

शिक्षा, स्वास्थ्य, सञ्चार, भौतिक पूर्वाधार एवम् ऊर्जा तथा भूकम्प पछिको पुनर्निर्माण सम्बन्धी तथ्याङ्कहरुले सामाजिक एवम् भौतिक पूर्वाधार विकासको सुदृढ आधारशीला तयार हुँदै गरेको स्पष्ट संकेत देखिएको पनि उनले बताए ।

आन्तरिक एवम् बाह्य लगानी आकर्षित गर्न भएका नीतिगत एवम् कानूनी सुधारको परिणाम दिगो एवम् उच्च आर्थिक वृद्धिको मार्ग प्रशस्त हुँदै गएको उनले दाबी गरे ।

उच्च लगानीका लागि औद्योगिक तथा पुँजीगत सामानको आयात बढ्दै जाँदा र निर्यातको आकार सीमित हुँदा उच्च व्यापार घाटा कायमै रहेको साथै यसवाट शोधानान्तर स्थितिमा र विदेशी विनिमय सञ्चितिमा समेत चाप परेको उनले बताए ।

ताजा समाचार

थप समाचार