Date
शुक्र, असार २७, २०८२
Fri, July 11, 2025
Date
शुक्र, असार २७, २०८२
Fri, July 11, 2025

गुरु पूर्णिमामा प्याब्सन बीरगन्ज–पर्साले...

बीरगन्ज, २६ असार -गुरु पूर्णिमाको पावन अवसरमा निजी तथा आवासीय विद्यालय अर्गनाईजेसन प्याब्सन...

बागमती प्रदेश सरकारले २६...

काठमाडौं,२६ असार । चालु आर्थिक वर्ष बागमती सरकारको २६ प्रतिशत बजेट फ्रिज भएको...

सम्झौताअनुसार भारतले पानी नछोडदा...

बीरगन्ज,२६ असार । नेपाल–भारतबीच भएको गण्डक सम्झौताअनुसार भारतले पर्याप्त पानी नदिँदा बारा र...

डा. अरविन्द शाहको नेतृत्वमा...

बीरगन्ज,२६ असार । पर्साको पोखरिया अस्पतालले चिकित्सा क्षेत्रमा एउटा महत्त्वपूर्ण सफलता हासिल गरेको...
spot_imgspot_imgspot_img
24.9 C
Kathmandu
36.2 C
Birgunj
spot_img
spot_imgspot_imgspot_img

अर्थमन्त्रीको दावी– आर्थिक परिसूचक उत्साहजनक, गरिबी घट्यो

spot_img
spot_img

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं, १३ जेठ – अर्थमन्त्री डा. युवराज खतिवडाले आर्थिक वर्ष २०७५/७६ को अधिकांश सूचकहरु उत्साहजनक देखिएको बताएका छन् ।

- Advertisement -

सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा आर्थिक वर्ष २०७५/७६ को आर्थिक सर्वेक्षण सार्वजनिक गर्दै उनले राजनीतिक स्थायित्व कायम भएसँगै लगानीको वातावरणमा राम्रो सुधार भएको दावी पनि गरे ।

‘राजनीतिक स्थायित्व कायम भएको र विद्युत्को नियमित उपलब्धता तथा स्थानीय तहबाट पनि विकासको गति बढेको छ’ सदनलाई सम्वोधन गर्दै अर्थमन्त्रीले भने, ‘आर्थिक, सामाजिक तथा भौतिक पूर्वाधार विकासका परिसूचकहरु उत्साहजनक देखिएका छन् । विकासको गति बढेका कारण अर्थतन्त्र उच्च आर्थिक वृद्धिको मार्गमा अघि बढेको छ ।’

- Advertisement -

विकासले गति लिएको र गरिबीको रेखामूनी रहेको नेपालीको संख्या पनि घट्दै गएको अर्थमन्त्री खतिवडाले बताए । निरपेक्ष गरिबीको रेखामुनी रहेका जनसंख्या १८.७ प्रतिशतमा झरेको अनुमान छ ।
आर्थिक क्रियाकलापमा भएको बिस्तारका कारण प्रतिव्यक्ति आम्दानी बढेको र कुल गार्हस्थ्य उत्पादनमा भएको वृद्धिसँगै बचत गर्ने क्षमता पनि बढेको अर्थमन्त्रीले बताए ।

उनले भने, ‘विगत धैरै दशकमा पहिलो पटक आन्तरिक बचतले कुल गार्हस्थ्य उत्पादनको २० प्रतिशत नाघेको छ, यसले राष्ट्रिय पुँजी निर्माणमा उल्लेख्य योगदान पुगेको छ ।’

शिक्षा, स्वास्थ्य, सञ्चार, भौतिक पूर्वाधार एवम् ऊर्जा तथा भूकम्प पछिको पुनर्निर्माण सम्बन्धी तथ्याङ्कहरुले सामाजिक एवम् भौतिक पूर्वाधार विकासको सुदृढ आधारशीला तयार हुँदै गरेको स्पष्ट संकेत देखिएको पनि उनले बताए ।

आन्तरिक एवम् बाह्य लगानी आकर्षित गर्न भएका नीतिगत एवम् कानूनी सुधारको परिणाम दिगो एवम् उच्च आर्थिक वृद्धिको मार्ग प्रशस्त हुँदै गएको उनले दाबी गरे ।

उच्च लगानीका लागि औद्योगिक तथा पुँजीगत सामानको आयात बढ्दै जाँदा र निर्यातको आकार सीमित हुँदा उच्च व्यापार घाटा कायमै रहेको साथै यसवाट शोधानान्तर स्थितिमा र विदेशी विनिमय सञ्चितिमा समेत चाप परेको उनले बताए ।

ताजा समाचार

spot_img

थप समाचार