[ndc-today-date]
[ndc-today-date]

भारतीय प्रधानमन्त्री मोदी साउदी...

काठमाडौं, ६ वैशाख । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी आगामी वैशाख ९ र १०...

लिबियामा बारुदी सुरुङको जोखिम...

लिबिया, ६ वैशाख । लिबियामा अझैपनि बारुदी सुरुङ र विस्फोटक वस्तुहरूको जोखिम...

जगरनाथपुरमा खेलकुद मन्त्री जयसवालद्वारा...

वीरगन्ज,०६ बैशाख । मधेस प्रदेश सरकारले खेलकुद क्षेत्रको विकासलाई प्राथमिकता दिँदै जगरनाथपुर गाउँपालिका...

सुन्दरहरैँचामा अन्तरराष्ट्रिय शैक्षिक सम्मेलन...

मोरङ, ६ वैशाख । मोरङको सुन्दरहरैँचा नगरपालिकास्थित सुकुना बहुमुखी क्याम्पसमा पहिलो अन्तरराष्ट्रिय शैक्षिक...
spot_imgspot_imgspot_img
21.1 C
Kathmandu
35.5 C
Birgunj
spot_imgspot_imgspot_img

विप्लव समूह आतंककारी हुन् : प्रधानमन्त्री ओली

spot_imgspot_img
spot_img

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं,१४ जेठ— आजका पत्रिकाहरु विप्लव समूहप्रति प्रधानमन्त्री र गृहमन्त्रीले दिएका अभिव्यक्ति तथा आर्थिक सर्वेक्षणमा केन्द्रित छन् । धेरैजसो पत्रिकाहरुले सरकार विप्लव समूहप्रति कठोर बनेको निष्कर्षसहित समाचार लेखेका छन् ।

- Advertisement -

प्रधानमन्त्री ओलीले मानवअधिकार आयोगको एक कार्यक्रममा विप्लव समूहलाई आतंककारीको संज्ञा दिएका थिए । यसैगरी गृहमन्त्री रामबहादुर थापा बादलले पछिल्ला घटनाबारे संसदमा जानकारी दिँदै काठमाडौंमा भएका श्रृंखलावद्ध विष्फोटमा मारिनेहरु अनागरिक रहेको अभिव्यक्ति दिएका थिए ।

नागरिक दैनिकले भने विप्लव समूहको गतिविधिबारे गुप्तचर निकायले पूर्वजानकारी दिँदादिँदै पनि प्रधानमन्त्री कार्यालयबाट हेलचक्र्याइँ भएको समाचार छापेको छ । समाचारमा लेखिएअनुसार राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेश अधिकारीले एक साताअघि नै मुख्य सचिव लोकदर्शन रेग्मीलाई भेटेर विप्लव समूहको आउजाउ बढेको, बैठक भेलाहरु सुरु भएको र त्यसमा जेसुकै निर्णय गर्न सक्नेगरी उनीहरु अघि बढेको भन्ने सूचना दिएका थिए । बिभागले प्रत्येक दिन खामबन्दी रिपोर्ट प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाललाई पनि बुझाउने गरेको छ । किनभने हाल राष्ट्रिय अनुसन्धान विभाग प्रधानमन्त्री मातहत ल्याइएको छ ।

- Advertisement -

तर पनि ‘राष्ट्रिय अनुसन्धान विभागले दिने सूचनामा पिनप्वाइन्ट नहुने भएकाले प्रधानमन्त्री कार्यालयले गम्भीरताका साथ नलिने गरेको अनुसन्धान विभागको अनुभव छ,’ समाचारमा लेखिएको छ । नागरिक दैनिक थप लेख्छ– भोजपुरमा प्रहरी कारवाहीमा गोली लागेका तीर्थराज घिमिरेको मृत्युदेखि नै उनीहरु राजधानी र देशका ठूला सहर केन्द्रित गुप्त गतिविधिमा संलग्न थिए । तर, यो विषयलाई प्रधानमन्त्री कार्यालयले बेवास्ता गरेको र राष्ट्रिय अनुसन्धानको सूचनालाई कमजोर ठानेकाले काठमाडौंमा विस्फोटका घटना भएको स्रोतको दाबी छ ।

कान्तिपुर दैनिकले काठमाडौंमा भएका बम विष्फोटका घटनामा सुरक्षा निकायको कमजोरी केलाउने प्रयास गरेको छ । ‘कहाँ चुके सुरक्षा निकाय ?’ शीर्षकको समाचारमा लेखिएको छ– आइतबार अपराह्नदेखिका श्रृंखलाबद्ध विष्फोट, विष्फोटक पदार्थहरु फेला पर्नुले चन्द समूहका कार्यकर्ता राजधानीमा राम्रै सक्रिय छन् भन्ने देखाएको छ । समूहका गतिविधिमा प्रतिबन्धको घोषणापछि पनि चन्द समूहका कार्यकर्ता यसरी सक्रिय रहनुले सुरक्षा निकाय कहाँ चुक्दै छ भन्ने प्रश्न खडा गरेको छ ।

तर, नेपाल प्रहरी प्रमुख सवेन्द्र खनाल भने प्रहरी र गुप्तचर निकाय कहिँ नचुकेको दाबी गर्दछन् । उनले नयाँ पत्रिका दैनिकसँग कुराकानीको क्रममा प्रहरी बलियो भएकैले विप्लव समूहका कार्यकर्ताहरुले विष्फोटक पदार्थ घर बाहिर ल्याएर पड्काउन नसकेको बताएका छन् ।

उनले भनेका छन्, ‘प्रहरीसँग प्रस्ट योजना छ । योजनाअनुसार नै हामीले काम गरिरहेका छौं । हाम्रो योजनाकै कारण उनीहरुले घरबाट बाहिर निस्किएर विष्फोट गर्न नसकेका हुन् । प्रहरीको उपस्थितिले नै घरभित्रै उनीहरु आत्तिएर बम पड्किने अवस्था आएको छ । प्रहरी बलियो भएकाले नै सर्वसाधारणलाई लक्षित गरेर विष्फोट गर्ने उनीहरुको योजना असफल भएको हो ।’

ताजा समाचार

spot_img

थप समाचार