spot_img

विप्लवलाई देखाएर अर्कै डिजाइन गरेको देखियोः डा.शशांक कोइराला

spot_img
spot_img

काठमाडौं, १४ जेठ । नेपाली कांग्रेसका महामन्त्री डा.शशांक कोइरालाले देशमा संविधान संशोधनको खतरा बढेको दाबी गरेका छन् ।

नेपाल प्रेस युनियनको २८औँ वार्षिक उत्सवका असरमा काठमाडौंमा सोमबार साँझ आयोजित कार्यक्रममा महामन्त्री डा.कोइरालाले कम्युनिस्ट प्रधानमन्त्री खड्गप्रसाद ओली नेतृत्वको सरकारले विप्लव नेतृत्वको नेकपालाई देखाएर संविधान फेर्ने खतरा देखा परेको बताए ।

नेकपा नेतृत्वको सरकारले संविधान संशोधन गरेर कार्यकारी राष्ट्रपतीय प्रणालीमा जाने खतरा देखिएको कांग्रेस महामन्त्री डा.कोइरालाले बताए ।

‘मलाई के लाग्छ भने यिनीहरुले विप्लवसँग वार्ता गर्छन्’, उनले भने, ‘वार्ता गरेर विप्लवलाई पनि ल्याउँछन् ।’

महामन्त्री डा.कोइरालाले विप्लवलाई मूलधारमा ल्याउने बाहनामा संविधान संशोधन गरेर संसदीय प्रणाली नै हटाउने खतरा बढेको बताए ।

‘एउटा खतरा कहाँनेर छ भने हाम्रो जुन संविधान छ, यसैलाई देखाएर, विप्लवलाई पनि ल्याउनुप-यो त्यसैले संविधान संशोधन गर्नुप¥यो भन्ने अभिप्रायले हाम्रो संविधान नै संशोधन गरिदिने खतरा छ’, उनले भने ।

कांग्रेसका नेता डा.मीनेन्द्र रिजालले नेकपा नेतृत्वको सरकारले संविधान परिवर्तन गरेर राष्ट्रपतीय प्रणाली जाने तयारी गरेको बताए ।

डा.रिजालले भने, ‘कार्यकारी राष्ट्रपति चाहिन्छ भन्नेमा बाबुराम भट्टराईजी भित्रैदेखि कन्भिन्स हुनुहुन्छ । प्रचण्डजी अझ अधिकार चाहियो भनिरहनुभएको छ । ओलीजीलाई धेरै अधिकार चाहिएको गलत होला तर, सरकारलाई धेरै अधिकार चाहिन्छ भन्ने लाइन हो उहाँको ।’

कांग्रेस नेता डा. रिजालले नेपाली कांग्रेसलाई भारतीय कांग्रेससँग दाँज्न नमिल्ने बताए । ‘विचार दर्शनको कुरा गर्दै जाँदा हामी पुराना छैनौं’, उनले भने, ‘हामीलाई भारतीय कांग्रेससँग दाँज्न नमिल्ला । बरु उता धेरै सल्बलाएको कम्युनिष्ट सकियो, अब यता पनि सकिन्छ कि भन्नेतिर उहाँहरुले सोच्नुप-यो ।’

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय