spot_img

शिवम सिमेन्ट उद्योग नजिकै बम

spot_img
spot_img

हेटौंडा, १४ जेठ — हेटौंडा-१८ हटियामा रहेको शिवम् सिमेन्टको कम्पाउण्ड नजिकै बम फेला परेको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार सिमेन्ट उद्योगको दक्षिणतर्फको पर्खाल नजिकै प्रेसर कुकर बम फेला परेको हो ।

‘कुकरमा खतरा लेखिएको छ । बाहिरबाट हेर्दा बम जस्तै देखिन्छ,’ मकवानपुरका प्रहरी नायब उपरीक्षक यज्ञप्रसाद भट्टराईले भने ।

बम निष्कृय पार्नका लागि नेपाली सेनाको डिस्पोजल टोली घटनास्थल पुगेको छ ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय