मङ्लबार, माघ १, २०८१
Tue, January 14, 2025
मङ्लबार, माघ १, २०८१
Tue, January 14, 2025

बीरगंज महानगरपालिकाको डिजिटल बोर्डमा...

बीरगंज । बीरगंज महानगरपालिकाको मुख्य प्रवेशद्वारमा रहेको डिजिटल डिस्प्ले बोर्डमा आपत्तिजनक सामग्री प्रदर्शन...

गढीमाई मन्दिरमा खिचडी पर्वको...

बारा, वीरगञ्ज – माघे सङ्क्रान्ति तथा खिचडी पर्वको अवसरमा बारा जिल्लाको बरियारपुरस्थित गढीमाई...

कलैया उपमहानगरको हिउँदे नगर...

बारा,२९ पुस । बाराको कलैया उपमहानगरपालिकाको १४ औँ हिउँदे नगर सभा सोमबार सम्पन्न...

पर्साको पटेर्वा सुगौलीमा तीन...

बीरगन्ज,२९ पुस । पर्साको पटेर्वा सुगौली गाउँपालिकाले पहिलो पटक माघी पर्वको अवसरमा माघी...
spot_imgspot_imgspot_img
6.1 C
Kathmandu
12.7 C
Birgunj
spot_imgspot_imgspot_img

बन्यो गणतन्त्र स्मारक, भोलि उद्घाटन हुँदै

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं । गणतन्त्र स्मारकको निर्माण कार्य पूरा भएको छ । नारायणहिटी दरबार सङ्ग्रहालय परिसरमा निर्माण सम्पन्न भएको यो स्मारक नेपालमा गणतन्त्र प्राप्तिको सङ्घर्षबारे जान्न चाहने हरेकका लागि नयाँ थप गन्तव्य बनेको छ ।

- Advertisement -

नारायणहिटी दरबार क्षेत्रको पूर्वी भागमा आठ वर्षदेखि स्मारक निर्माणाधीन थियो । गणतन्त्र दिवसको अवसर पारेर बुधबार (भोलि) स्मारक उद्घाटनको कार्यक्रम छ । राष्ट्रपति विद्यादेवी भण्डारीले स्मारक उद्घाटन गर्ने कार्यक्रम तय भएको सहरी विकास मन्त्रालयले बताएको छ ।

उद्घाटनपछि केही दिनबाटै सर्वसाधारणले स्मारकको भ्रमण र अवलोकन गर्न पाउने भएका छन् । ३५ रोपनीमा स्मारक निर्माण भएको सहरी विकास तथा भवन निर्माण विभागका सिनियर डिभिजनल इन्जिनियर मचकाजी महर्जनले जानकारी दिए । “३५ रोपनीमध्ये ५ रोपनीमा मेमोरियल प्लाजा बनेको छ । जसमा गणतन्त्र प्राप्तिका लागि सङ्घर्षका क्रममा भएका सहिदहरुको सम्झना झल्किने तस्बिर र कलाकृति राखिने छ,” महर्जनले भने, “यसको चार किनाराका पिल्लरमा बेपत्ता पारिएका, अङ्गभङ्ग भएका, ज्यान गुमाएका र हराएका नागरिकको सम्झना झल्किने तस्बिर र कलाकृति राखिने छ ।”

- Advertisement -

स्मारक प्लाजामा नेपालको नक्सामा देशको भौगोलिक स्वरुपसमेत देख्न सकिन्छ । स्थानीय कलाकारले निर्माण गरेको नेपालको नक्सामा हिमाली, पहाडी र तराईको भौगोलिक स्वरुपलाई कौशलतापूर्वक प्रस्तुत गरिएको छ ।

हिमाली क्षेत्रलाई सेतो, पहाडीलाई हरियो र तराईलाई खैरो रङमा देखाइएको छ । “यसको अर्थ हिमाली जिल्लामा हिउँ, पहाडी जिल्लामा वन र तराईका जिल्लाहरुमा खाद्यान्न उत्पादनलाई प्रतीकात्मक रुपमा देखाइएको हो,” महर्जनले भने । लोकतन्त्र प्राप्ति र गणतन्त्र संस्थागत भएपछि नेपालभरमा सबैभन्दा ठूलो आकृतिको गणतन्त्र स्मारक रहेको मन्त्रालयले बताएको छ ।

स्मारकमा रहेका पार्क, शौचालय, लिफ्ट र अपाङ्गमैत्री रेम्प रहेकाले सबैका लागि यो स्मारक अवलोकन र भ्रमणका लागि अनुकूल रहेको छ । आफ्नै पार्किङस्थलसमेत भएकाले भ्रमण र अवलोकनका लागि आउने सबैका लागि यो स्मारक थप सजिलो रहेको विभागको भनाइ छ ।

स्मारकको पार्किङ स्थलमा २५ वटा र स्मारक अगाडिको भागमा ५० गरी ७५ वटासम्म साना सवारी पार्किङस्थल स्मारकमा उपलब्ध रहेको महर्जनले बताए । “स्मारक निर्माणका लागि यही स्थान उपयुक्त देखिएकाले स्मारक निर्माण सुरु गर्ने योजना बनाएका हौं । ०६२–०६३ सालकै बजेटमा स्मारक निर्माणका लागि रकम उपलब्ध भएको हो । यसपछि विभागले नेपालकै कन्सल्टेन्टहरुलाई स्मारकको डिजाइनका लागि कम्पिटिसन गरायौं र डिजाइन फाइनल गरायौं,” महर्जनले भने ।

महर्जनका अनुसार स्मारकको डिजाइन ०६५ सालमा तयार भएको थियो । तत्कालीन प्रधानमन्त्री डा. बाबुराम भट्टराईले यो गणतन्त्र स्मारकको शिलान्यास गरेका थिए । स्मारकको मुख्य भाग मेमोरियल प्लाजा सबैभन्दा अग्लो स्थानमा रहेको छ । गणतन्त्र स्मारकभित्र पिरामिड आकारको संरचनाको उच्च भागमा रहेको मेमोरियल प्लाजामा ‘नेपालको संविधान ०७२’ को शिलाकृति राखिने छ ।

“तलबाट स्ल्याब उठाएर अग्लो स्थानमा रहेको यो प्लाजाले विभिन्न चरणका लामो सङ्घर्षपछि नेपालमा गणतन्त्र संस्थागत भएको हो भन्ने संकेत दिएको छ,” महर्जनले भने, “विभिन्न प्रकारको लाइट यो प्लाजाभित्र पर्नेछ । नेपालको नक्सा र गणतन्त्र प्राप्तिका लागि सङ्घर्षका क्रममा सहिदहरुको तस्बिरमा उक्त प्रकाश रिफ्लेक्ट भएर उज्यालो हुनेछ ।”

नेपालमा गणतन्त्र प्राप्तिको सङ्घर्षबारे जानकारी राख्न साथै विद्यार्थी, क्याम्पस, र विश्वविद्यालयका विद्यार्थीहरुको प्रतिवेदन र शोधकार्यका लागि पनि गणतन्त्र स्मारक स्रोत र सन्दर्भ सामग्रीका रुपमा उपयोगी हुने विभागको दाबी छ । यसका साथै अन्तरराष्ट्रिय कूटनीतिक नियोग, सरकारी र गैरसरकारी संस्थाका प्रतिनिधिलाई पनि नेपालमा गणतन्त्र प्राप्तिबारे यस स्मारकले आवश्यक जानकारी दिने विभागले जनाएको छ ।

नेपाल सरकारको ४५ करोड रुपैयाँ लागतमा निर्माण सम्पन्न भएको हो । स्मारकको पूर्वाधार विकासमा बिकोई स्काई बङ्गलामुखी जेभीले काम गरेको हो । यस्तै एसवाई कन्स्ट्रक्सनले थप संरचना निर्माणको काम गरेको हो भने लिफ्ट र ट्रान्सफर्मर जडानको काम बिके कन्स्ट्रक्सनले गरेको हो । “स्मारकमा रहने तस्बिर संकलन र नेपालको गणतन्त्रका लागि भएको आन्दोलनसँग सम्बन्धित विभिन्न वस्तुहरुको सङ्ग्रहको जिम्मा नेपाल कला परिषद्ले लिएको छ । बौद्धिक वर्ग र शिल्पकारको सहकार्यमा परिषद्ले त्यस्ता वस्तुको सजावट गर्ने छ,” महर्जनले  भने ।

स्मारकमा प्रवेश गर्नका लागि १० वर्षसम्मका बालबालिका, नेपाली नागरिक, ६० वर्षभन्दा माथिमा नागरिक, विद्यार्थी, सार्क राष्ट्रका नागरिक र विदेशी गरेर वर्गीकरण गरी टिकट काट्नुपर्ने व्यवस्था मिलाइएको छ । स्मारकको सरसफाई, फूल र बगैंचाको सिँचाइ र सञ्चालनको सम्पूर्ण काम नारायाणहिटी दरबार सङ्ग्रहालयले गर्ने महर्जनले जानकारी दिए ।

बुधबार हुने स्मारक उद्घाटन कार्यक्रममा राष्ट्रपतिसँगै उपस्थित हुने अन्य भीआईपीहरुको सवारी साधन पार्किङ र आवतजावतका लागि आवश्यक तयारी पूरा भएको महानगरीय ट्राफिक प्रहरी प्रभाग दरबारमार्गमा प्रहरी निरीक्षक दयाकृष्ण भट्टले बताए ।

“सबै गरेर करिब ५, ६ सय सवारी साधनहरु जम्मा हुनसक्ने हाम्रो अनुमान छ । अन्य यातायातलाई पनि मध्यनजर राख्दै भीभीआईपीको सवारी व्यवस्थापनमा महाशाखाको निर्देशशनअनुसार यस क्षेत्रको ट्राफिक व्यवस्थित गर्नेछौं,” भट्टले भने ।

ताजा समाचार

spot_img
spot_img

थप समाचार