बिहिबार, चैत्र ६, २०८१
Thu, March 20, 2025
बिहिबार, चैत्र ६, २०८१
Thu, March 20, 2025

गेटा अस्पतालको नयाँ निर्देशकमा...

काठमाडौं, ७ चैत्र । गेटा अस्पतालको नयाँ निर्देशकमा डा. प्रमोदकुमार यादव नियुक्त...

सर्लाहीमा एसईई परीक्षामा अनियमितता,...

जनकपुर, ७ चैत्र । माध्यामिक शिक्षा परीक्षा (एसईई) २०८१ अन्तर्गत सर्लाहीका दुई परीक्षा...

लिपुलेक–कालापानी भ्रमण जाने अहिले...

काठमाडौं, ७ चैत्र । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद बुद्धिमान तामाङले प्रधानमन्त्री केपी शर्मा...

नेपाल–चीनबीचका १४ व्यापारिक नाका...

काठमाडौं, ७ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल र चीनबीच रहेका १४...
spot_imgspot_imgspot_img
26.1 C
Kathmandu
35.2 C
Birgunj
spot_imgspot_imgspot_img

नेपाल भ्रमण गर्दा सावधानी अपनाउन अष्ट्रेलियाले आफ्ना नागरिकलाई सचेत गरायो

spot_img

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं । अष्ट्रेलिया सरकारले नेपाल भ्रमणमा रहेका र आउन चाहने आफ्ना नागरिकलाई सचेत गराएको छ । काठमाडौंमै बम विस्फोट हुँदा ४ जनाको मृत्यु भएपछि अष्ट्रेलियाले आफ्ना नागरिकलाई यस विषयमा जानकारी गराउँदै भ्रमण गर्दा सचेत हुन आग्रह गरेको हो ।

अष्ट्रेलिया सरकारको परराष्ट्र मामिला तथा व्यापार विभागको स्मार्ट ट्राभलर वेवसाइटमा बम विस्फोटको सूचना राखेर सुरक्षा अवस्थाबारे सचेत हुन आग्रह गरिएको छ । अष्ट्रेलियाले खतराका आधारमा नेपाललाई लेभल २ मा राख्दै भनेको छ ‘उच्च सावधानी अपनाउनुहोला ।’

अष्ट्रेलियाको यो घटनाले नेपाल आउने तयारी गरिसकेका पर्यटकका लागि त्यति अप्ठेरो पार्ने छैन । खतराको लेबल टु को अर्थ अष्ट्रेलियाको शहरमा भन्दा त्यहाँ खतरा बढी छ भन्ने हो ।

२६ मे २०१९ मा काठमाडौंका धेरै ठाउँमा बम विस्फोट भएको छ । केही संख्यामा मानिसको मृत्यु हुनेका साथै केही घाइते भएको समाचारहरु आएका छन् । ठूलो भिडभाडमा नजानू र सतर्क रहनू’ नेपाल भ्रमण गर्न चाहनेहरुलाई अष्ट्रेलियाको परराष्ट्र मामिला तथा ब्यापार विभागले भनेको छ ।

अष्ट्रेलिया सरकारको सूचनामा अगाडि भनिएको छ ‘नेपालमा प्रदर्शन र विरोध कार्यक्रमहरु भइरहेका हुन सक्छन् । ठूलो संख्यामा मानिसहरु भइरहेको तिर नजानू, त्यहाँ जुनसुकै बेला हिंसा हुन सक्छ ।’

ताजा समाचार

spot_img

थप समाचार