Date
आइत, मंसिर २८, २०८२
Sun, December 14, 2025
Date
आइत, मंसिर २८, २०८२
Sun, December 14, 2025

वीरगंज बीपी उद्यानको जग्गामा...

वीरगंज, २८ मंसिर - वीरगंज महानगरपालिकाले बीपी उद्यान खाली गर्न दिएको म्याद सकिएसँगै...

अध्यक्ष ओलीले केन्द्रीय कमिटी...

काठमाडौं, २८ मंसिर – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशनकै बीचमा केन्द्रीय...

एमाले अजम्बरी रहेको ...

काठमाडौं,२६ मंसिर - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लोकतन्त्र अझै रहेको र...

देउवा, प्रचण्ड, माधव र...

काठमाडौं,२७ मंसिर – राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा नेपाल० का अध्यक्ष कमल थापा नेकपा...
spot_imgspot_imgspot_img
17.1 C
Kathmandu
23.8 C
Birgunj
spot_img

कुष्ठरोग लागेका कारण तीस वर्षदेखि जङ्गलमा बास

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

पाल्पा – निस्दी गाउँपालिकाकाका एक वृद्ध ३० वर्षदेखि जङ्गलमा बास बस्दै आउनुभएको छ । निस्दी – ४ मित्याल घुंसिवरका जसवीर सुनारी कुष्ठरोग लागेका कारण गाउँदेखि झण्डै सात सय मिटर टाढा जङ्गलमा बस्नुहुन्छ ।

कुष्ठरोग लागेको थाहा पाएपछि २०४० सालमा गाउँलेले उनलाई गाउँमा कुष्ठरोग फैलिने डरले गाउँदेखि टाढा भिरालो जग्गा बाँसघारी नजिकै पठाएका थिए । उमेरले करिब ८० वर्ष पुगेका सुनारीले आफू बिरामी भएपछि गाउँलेले आफूलाई हेला गर्ने गरेको गुनासो गर्नुभयो । ‘पहिले पनि मेरो नजिक आउन र सँगै खाना खान कोही मान्थेनन्, अन्त्यमा जङ्गलको बास गराए’, सुनारीले गुनासो गर्नुभयो ।

अविवाहित सुनारीले भाइका छोराबुहारीले माया गरेर घर बोलाए पनि गाउँलेले दुव्र्यवहार गर्ने डरले गाउँ फर्कन नसकेको बताउनुभयो । सुनारी पहिले आफ्ना भाइसँगै बस्दै आउनुभएको थियो । बुढेसकालको शरिर जङ्गलको बास, पानी पर्दा र रातमा जङ्गली जनावर कराउँदा डर सँगै दुःख लाग्ने सुनारी बताउनुहुन्छ ।

सुनारी खरको छानो र खरले नै बारेको छाप्रोमा बस्दै आउनुभएको छ । माइक्रो ब्याक्टेरियम नेप्रेइयमका कारण छालामा लाग्ने कुष्ठरोग लामो समयसम्म छालामा एकार्काबीच छोइराखे मात्र सर्ने रामपुर अस्पतालका मेडिकल अधिकृत रामप्रसाद कोइराला बताउनुहुन्छ ।

कुष्ठरोग लागेर निको हुने भए पनि गाउँमा अझै अन्धविश्वासका कारण कुष्ठरोगीप्रति दुर्व्यवहार हुने गरेको छ ।

साभारujyaaloonline.com

ताजा समाचार

थप समाचार