spot_img

गणतन्त्र दिवस बीरगंजमा पनि मनाइयो

spot_img
spot_img

बीरगंज, १५ जेठ — १२ औं गणतन्त्र दिवसको अवसरमा आज वीरगंजमा पनि प्रभातफेरी निकालिएको छ । गणतन्त्र दिवस मुल समारोह समिती पर्साद्वारा आयोजिन प्रभातफेरी बीरगंजको घंटाघर बाट शुरु भइ माइस्थान, आदर्शनगर हुँदै बिपि उद्यानमा आएर कोणसभा मा परिणत भएको थियो ।

जिल्ला समन्वय समिति पर्साका प्रमुख एवम् गनतन्त्र दिवस समारोह समितीका अध्यक्ष नेक महम्द अन्सारीको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रदेश सभा सदस्य प्रहलाद गिरी, बीरगंज महानगरपालिकाकी उपप्रमुख शान्ति कार्की, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पर्साका अध्यक्ष प्रभु हजरा, नेपाली काँग्रेस पर्साका सभापति अजय द्विवेदि, समाजवादी पार्टी रामनरेश यादब, नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष श्याम बन्जारा, पर्साका प्रमुख जिल्ला अधिकारी नारायण भटराई, वीरगंज उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल केडिया लगायतले मन्तव्य ब्यक्त गर्नुभएको थियो ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय