spot_img

गणतन्त्र दिवसमा बिदा नदिँदा उपमेयर कार्कीको आक्रोश

spot_img
spot_img

बीरगंज, १५ जेठ — बीरगंज महानगरपालिकाकी उपप्रमुख शान्ति कार्कीले गणतन्त्र दिवसको अवसरमा बिदा नदिएकोमा प्रदेश तथा केन्द्रिय सरकारसँग आक्रोश पोख्नुभएको छ ।

गणतन्त्र दिवस मुल समारोह समिति पर्साले आज बीरगंजको बिपि उद्यानमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उपमेयर कार्कीले केन्द्रिय सरकारले बिदा नदिएपनि बिभिन्न किसिमका प्रादेशिक पर्वहरुमा सार्बजनिक बिदा दिने प्रदेश सरकारले गणतन्त्र दिवसलाई उपेक्षा गरेको बताउनुभयो ।

सम्पुर्ण शहिदको रगत तथा आन्दोलनमा घाइते भएका हरुको पसिनाको कदर नगरेको आपत्ति जनाउनुभयो । लामो त्याग र तपस्या पछि नेपाली जनताहरुले राष्ट्रप्रमुख चुन्न पाउने अधिकार प्राप्त गरेको यो महत्वपुर्ण दिनमा सरकारले बिदा नदिदा सहभागिता कम भएको बताउँदै उहाँले सरकारले गणतन्त्रको मुल मर्मलाइ पहिचान गन नसकेको टिप्पणी गर्नुभयो ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय