Date
शनि, मंसिर २०, २०८२
Sat, December 6, 2025
Date
शनि, मंसिर २०, २०८२
Sat, December 6, 2025

सातदलीय समर्थनमा कृष्ण यादव...

बीरगन्ज,१९ मंसिर । मधेश प्रदेशमा नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादव प्रदेश...

७७ सांसदको समर्थनसहित कृष्ण...

काठमाडौँ,१९ मंसिर । नेपाली कांग्रेसका मधेस प्रदेश नेता कृष्ण यादवले प्रदेश प्रमुख सुरेन्द्र...

एमाले अध्यक्ष ओली देउवालाई...

काठमाडाैं,१९ मंसिर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर...

भेदभावमुक्त समाज निर्माणका लागि...

काठमाडौं,१९ मंसिर । प्रधानमन्त्री सुशीला कार्कीले सामाजिक न्याय र भेदभावमुक्त समाज निर्माणका लागि...
spot_imgspot_imgspot_img
8.1 C
Kathmandu
13.6 C
Birgunj
spot_img

अव्यवस्थित बन्दै वीरगञ्ज महानगरका सडकपेटि

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

वीरगञ्ज  – वीरगञ्ज महानगरभित्र रहेका अधिकांश सडकपेटिहरु व्यापक दुरुपयोग भएको पाइएको छ । मुख्य सडकको दायाँबायाँ पैदल यात्रु हिँड्न सहज होस् भन्दै बनाइएका सडकपेटिहरुमा सवारी पार्किङ्ग गर्ने, घर निर्माण सामाग्री राख्ने, चौपाया बाध्ने हुँदा यस क्षेत्रका सडकपेटिहरु अव्यवस्थित बन्दै गएका छन् ।

मुख्य सडककमा गाडीको चाप अत्याधिक हुँदा पैदल यात्रुहरुलाई हिँड्डुल गर्न सहज होस् भन्दै सडकपेटिहरु निर्माण गरिएका हुन्छन् । तर, पैदल यात्रुभन्दा पनि यहाँ सडकपेटिहरु व्यक्तिगत प्रयोजनका लागि बढी प्रयोग भएको देखिएको छ ।

वीरगञ्जस्थित प्रतिमा चोकदेखि बसपार्क र बसपार्क देखि रक्सौल जोड्ने भित्री बाईपास सडकखण्डका सडकपेटिहरुमा दिउँसै सवारी पार्किङ्ग गर्ने क्रममा वृद्धि हुँदा पैदल यात्रुलाई हिँड्डुल गर्न समस्या त भएकै छ, यसका साथै सडकपेटिहरु जिर्ण बन्दै गएका छन् । भित्री बाईपास सडकखण्डमा पछिल्लो समय सवारी मर्मत गर्ने ग्यारेज खोल्ने क्रममा व्यापक वृद्धि भएको छ । अधिकांश ग्यारेज सडक छेउमै सञ्चालित छन् ।

ग्यारेजमा मर्मतका लागि आउने सवारीहरु पनि सडकपेटिमै पार्किङ्ग गरि मर्मत गरिँदा त्यस क्षेत्रका सडकपेटि अतिक्रमणको शिकार बनेका छन् । त्यसैगरि सो सडकखण्डमा सञ्चालित विभिन्न थोक पसलहरुको सामान लोड तथा अनलोड गर्दा पनि सवारी सडकपेटीमै राख्ने चलन नै बसेको छ । सर्वसाधारणको भार थेग्न निर्माण गरिएका सडकपेटिमा २ देखि ६ पांग्रे सवारी पार्किङ्ग गरिँदा सडकपेटिहरु जिर्ण बन्दै गएका हुन् ।

सडकपेटिमै पार्किङ्ग

त्यसैगरि वीरगञ्जस्थित माईदिया पोखरी देखि रक्सौल सम्म जोड्ने भित्री बाईपासमा पनि विभिन्न साना उधोग तथा कलकारखाना सञ्चालित छन् । ति उधोग तथा कलकारखानाहरुमा पनि उत्पादन तथा प्रतिउत्पादनका लागी ल्याईने सामानहरु अनलोड गर्दा पनि सामान बोकेका गाडीहरु सडक पेटिमै पार्किङ्ग गरिँदा त्यस क्षेत्रका सडकपेटिहरु पनि जिर्ण बन्दै गएका छन् । यस क्षेत्रका सडकपेटिमा सवारी पार्किङ्ग मात्र नभई चौपाया बाँध्ने, निर्माण सामाग्री सडकपेटिमै राख्ने गरिएको छ ।

सवारी पार्किङ्ग पछि जिर्ण बनेको सडकपेटि

“सडकपेटिमै चौपाया बाँध्छन्, घर निर्माण सामाग्री राख्छन्, एकदम अप्ठ्यारो छ । ” भित्री बाईपास सडकखण्डमै घर भएका चन्दन प्रजापति भन्छन् । उनका अनुसार यहाँका सडकपेटिहरु व्यक्तिगत प्रयोजनका लागि बढी उपयोग भईरहेका छन् । बाटो फराकिलो भएदेखि बस, ट्रक, ट्रिपर तथा सबैखाले सवारीले यहि बाटो प्रयोग गर्न थालेपछि मुल बाटोमा मोटर साईकिल पार्किङ्ग गर्न असुरक्षित महशुस भएका कारणले पनि सडकपेटिमा पार्किङ्ग गर्ने गरिएको उनले बताए । जनचेतनाको कमी तथा अनुगमन गर्ने निकाय नहुँदा यस्तो समस्या आएको उनको बुझाई छ ।

व्यक्तिगत प्रयोजनका लागि सडकपेटि

यता वीरगञ्जको मुख्य सडक त्रिभुवन राजपथका सडकपेटिहरु पनि अव्यवस्थित बन्दै गएका छन् । यस क्षेत्रमा सञ्चालित पसलहरुले आफ्ना बोर्ड, सामानहरु प्रदर्शनीका लागि सडकपेटिमै राख्ने हुँदा पनि महानगरका मुख्य सडकका सडकपेटि अतिक्रमित बनेका हुन् । कतिपय ठाउँहरुमा सडकपेटिमै फोहोर फ्यालिएको हुँदा पनि पैदल हिँड्डुल गर्न समस्या भएको हो । मुख्य बजार क्षेत्रमा रहेका ठुल्ठुला भवनका छतबाट वर्षा तथा ट्यांकीका पानी सिधै सडकपेटिमा खस्दा पनि पैदल यात्रुलाई समस्या हुने गरेको छ । त्यसैगरि आदर्शनगर लगायत सहरका मुख्य बजार क्षेत्रमा रहेका सडक तथा सडकपेटिहरु अचेल छाडा चौपायाको बासस्थानको रुपमा परिणत हुँदै गएको छ ।

सडकपेटिमा ठेला

व्यवस्थित वीरगञ्ज अभियानका संयोजक दिलीपराज कार्कीका अनुसार वीरगञ्ज महानगरपालिकासँगको समन्वयमा सडकपेटिको अतिक्रमण हटाई फराकिलो गर्ने प्रयास गरिरहेको बताए । “महानगर क्षेत्रमा रहेका सडकपेटिहरु एक त आफै साँघुरा छन्, त्यसमाथि बाट पसलहरुवालाले र्होडिङ्ग बोर्ड, प्रचारप्रसारका सामग्री ईत्यदी सबै सडकपेटिमै राख्ने हुँदा सडकपेटिहरु थप साँघुरा बनेका छन् । आफुले यस्ता अक्रिमण हटाई सडकपेटि खुल्ला बनाउन प्रयास गर्दैछु ।” दिलीपराज भन्छन् ।

सुरुवातमा व्यवस्थित वीरगञ्ज अभियानको समन्वयमा सडकपेटिको अतिक्रमण हटाउने काम भएपनि हाल वीरगञ्ज महानगरपालिका स्वयम्ले गरेको दिलीपराज बताउँछन् । सडकपेटि मानिसको हिँड्नलाई भएको र यसमा मानिस निर्वाध रुपले हिँड्न पाउनुपर्ने उनको भनाई छ । सडकपेटि छेउमै पसल भएपनि सडकपेटि अतिक्रमण गरि प्रचारप्रसार गर्ने नपाउने दिलीपराजको भनाई छ ।

वीरगञ्ज महानगरपालिकाका सुचना अधिकारी अशोक प्रधानका अनुसार सडकपेटिको अतिक्रमण हटाउन महानगरपालिकाले विभिन्न योजनाहरु बनाएको बताउँछन् । केही दिन अगाडी मात्रै नगर प्रहरीसँगको समन्वयमा माईस्थान क्षेत्रबाट अतिक्रमण हटाएपनि अहिले फेरी सडकपेटि अतिक्रमणमा परेको बताउँदै यस समस्याको समाधानका लागि महानगरपालिकाले चुस्त दुरुस्त खाका तयार गरिरहेको सुचना अधिकारी प्रधानको भनाई छ ।

 

ताजा समाचार

थप समाचार