शुक्र, जेष्ठ २६, २०८०
Fri, June 9, 2023
शुक्र, जेष्ठ २६, २०८०
Fri, June 9, 2023
29.1 C
Kathmandu
26.1 C
Kathmandu
37.9 C
Birgunj

बजेट भाषण गर्दा अर्थमन्त्रीले लाखौँ पैसा लिने गरेको हल्ला सत्य हो ?

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं । अर्थमन्त्रीले बजेट पढ्दा लाखौ रकम लिने गरेको हल्ला पहिलेदेखि नै चल्ने गरेको छ । लाखौ रुपैयाँ लिने हल्लाका बीच पूर्व अर्थमन्त्रीसँग कुरा गर्यौँ तर उहाँहरुले हल्लामा कुनै सत्यता नभएको जानकारी गराए ।

- Advertisement -

तत्कालीन नेकपा माओवादीको सरकार हुँदा (प्रचण्डको सकारका पालामा) अर्थमन्त्री बनेका डा. बाबुराम भट्टराई अर्थमन्त्रीले बजेट भाषण गर्दा कुनै पनि रकम नपाउने बताउँछन् । उनले भने, ‘अर्थमन्त्रीले पसिना बगाउने हो, रातभर नसुती—नसुती बजेट बनाउने हो , पसिना र सास्ती बाहेक केही पाउँदैनन् ।’

यता धेरै पटक बजेट पढिसकेका नेपाली कांग्रेसका नेता तथा पूर्वअर्थमन्त्री रामशरण महत अर्थमन्त्रीले बजेट पढ्दा पैसा पाउने हल्लामा कुनै सत्यता नभएको बताउँछन् ।

- Advertisement -

उनी भन्छन्, ‘अहिलेसम्म बजेट पढ्दा पैसा पाएको मलाई थाहा छैन, बजेटमा अर्थमन्त्रीको मात्र होइन विभिन्न कर्मचारी, मन्त्रालयको सहयोग रहन्छ, अर्थमन्त्रीले बजेट पढ्नेमात्र हो । अर्थमन्त्रीले बजेट पढ्नु उसको कर्तव्य हो ।’

महत नेपालमा मात्र होइन अन्र्तराष्ट्रिय अभ्यासमा पनि कसैले बजेट पढेर पैसा पाएको नसुनेको बताउँछन् ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -