Date
शनि, माघ २४, २०८२
Sat, February 7, 2026
Date
शनि, माघ २४, २०८२
Sat, February 7, 2026

नेशनल मेडिकल कलेज–मानवसेवा आश्रमबीच...

बीरगन्ज,२४ माघ । नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल र मानवसेवा आश्रम, बीरगन्जबीच...

रकेटजस्तो वस्तु विस्फोट हुँदा...

राजविराज,२४ माघ । सप्तरीको रुपनी गाउँपालिका–६ दुधैला खोलामा शनिबार शंकास्पद वस्तु विस्फोट हुँदा...

चितवनमा अनुमति प्राप्त ११...

चितवन,२४ माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै स्थानीय...

पोखरीया–३ मा कांग्रेस उम्मेदवार...

पोखरीया,२४ माघ । पर्साको पोखरीया नगरपालिका–३ अन्तर्गत फुल्वरीया र बसन्तपुर टोलमा नेपाली कांग्रेसका...
spot_img

गणतन्त्र दिवसका अवसर पारेर ठोरी गाउँपालिकामा रहेका सामुदायिक विद्यालयहरुले विभिन्न कार्यक्रमको आयोजना

spot_img

जेठ १५

गणतन्त्र दिवसका अवसर पारेर ठोरी गाउँपालिकामा रहेका सामुदायिक विद्यालयहरुले विभिन्न कार्यक्रमको आयोजना गरेर गणतन्त्र दिवस मनाएका छन् ।२३८ बर्षे राजतन्त्र समाप्त भएर मुलुक गणतन्त्रमा प्रवेश गरेको सम्झनामा मनाइने दिवसका दिन ठोरीमा रहेका प्राविधिक मावि ,सरस्वती मावि ,नेरा मावि ओडार,श्री मावि विजयवस्ती ,ज्ञानज्योति मावि घ्याङडाडा लगायतका विद्यालयहरुले विभिन्न कार्यक्रमको आयोजना गरेका हुन् । १२ औं गणतन्त्र दिवसको अवसरमा ठोरी १ मा रहेको प्राविधिक मावि दीपकनगरले हाजिरीजवाफ प्रतियोगिता सन्चालन गरेको विद्यालयका शिक्षक राहुल शाहले जानकारी दिए।त्यसैगरी ठोरी २ मा रहेको सरस्वती माविले आज विद्यालय प्राङ्गणमा गणतन्त्र दिवसका बारेमा वक्तृत्वकला एवम् कक्षा ५ सम्मका विद्यार्थीहरुका लागी चित्रकला प्रतियोगिताको आयोजना गर्दै गणतन्त्र दिवस मनाएको प्रधानाध्यापक केशव प्रसाद रेग्मीले जनाए ।यस्तै गणतन्त्र दिवसकै अवसरमा ठोरी ३ र ४ मा रहेका नेरा मावि ओडार र ज्ञानज्योती मावि घ्याङ्डाडाले गायन तथा नृत्य प्रतियोगिताको आयोजना गरेका छन् ।नेरा मावि ओडारमा विद्यार्थीहरुले गायन र नृत्य गर्दै दिवस मनाएको प्रधानाध्यापक भुपाल कुमार जोशीले जानकारी दिए ।उता घ्याङडाडामा रहेको ज्ञान ज्योति माविमा गायन र नृत्यसंगै सुनौलो पोका कार्यक्रम आयोजना गरेर गणतन्त्र दिवस मनाइएको प्रधानाध्यापक पिताचन्द्र ढुङ्गेलले बताए । यता ठोरी ४ मा रहेको मावि विजयवस्तिले पनि गणतन्त्र दिवसका अवसरमा खेलकुद प्रतियोगिता ,निबन्ध प्रतियोगिता ,कथा प्रतियोगिता लगायतका विभिन्न कार्यक्रमहरुको आयोजना गरेको छ।विभिन्न सदनमा विभाजन गरिएका विद्यार्थीहरुको सहभागीतामा कार्यक्रम गरि गणतन्त्र दिवस भव्यताका साथ मनाइएको प्रधानाध्यापक नारायण लामाले जानकारी दिए।

spot_img

ताजा अपडेट

लोकप्रिय