Date
मङ्ल, जेष्ठ ६, २०८२
Tue, May 20, 2025
Date
मङ्ल, जेष्ठ ६, २०८२
Tue, May 20, 2025

कास्कीमा ४.७ रेक्टर भएर...

काठमाडौं,०६ जेठ । आज दिउँसो कास्की जिल्लाको सिनुवालाई केन्द्रबिन्दु बनाएर ४.७ रेक्टर स्केलको...

ठाकुरराम क्याम्पसमा नक्कली प्रमाणपत्र...

बीरगन्ज,०६ जेठ । ठाकुरराम बहुमुखी क्याम्पसमा नक्कली प्रमाणपत्र प्रकरण चर्किँदै गएपछि संयुक्त विद्यार्थी...

काठमाडौं महानगरले पर्यटन प्रहरी...

काठमाडौं,०६ जेठ । काठमाडौं महानगरपालिका नगर प्रहरी बलले पर्यटन प्रहरी सेल गठन गरेको...

एमाले महासचिव पोखरेलद्वारा राजावादी...

काठमाडाैं,०६ जेठ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले आगामी जेठ १५ देखि सुरु...
spot_imgspot_imgspot_img
23.2 C
Kathmandu
35.5 C
Birgunj
spot_imgspot_imgspot_img

गणतन्त्र दिवसका अवसर पारेर ठोरी गाउँपालिकामा रहेका सामुदायिक विद्यालयहरुले विभिन्न कार्यक्रमको आयोजना

spot_imgspot_img
spot_img

सिफारिस

जेठ १५

- Advertisement -

गणतन्त्र दिवसका अवसर पारेर ठोरी गाउँपालिकामा रहेका सामुदायिक विद्यालयहरुले विभिन्न कार्यक्रमको आयोजना गरेर गणतन्त्र दिवस मनाएका छन् ।२३८ बर्षे राजतन्त्र समाप्त भएर मुलुक गणतन्त्रमा प्रवेश गरेको सम्झनामा मनाइने दिवसका दिन ठोरीमा रहेका प्राविधिक मावि ,सरस्वती मावि ,नेरा मावि ओडार,श्री मावि विजयवस्ती ,ज्ञानज्योति मावि घ्याङडाडा लगायतका विद्यालयहरुले विभिन्न कार्यक्रमको आयोजना गरेका हुन् । १२ औं गणतन्त्र दिवसको अवसरमा ठोरी १ मा रहेको प्राविधिक मावि दीपकनगरले हाजिरीजवाफ प्रतियोगिता सन्चालन गरेको विद्यालयका शिक्षक राहुल शाहले जानकारी दिए।त्यसैगरी ठोरी २ मा रहेको सरस्वती माविले आज विद्यालय प्राङ्गणमा गणतन्त्र दिवसका बारेमा वक्तृत्वकला एवम् कक्षा ५ सम्मका विद्यार्थीहरुका लागी चित्रकला प्रतियोगिताको आयोजना गर्दै गणतन्त्र दिवस मनाएको प्रधानाध्यापक केशव प्रसाद रेग्मीले जनाए ।यस्तै गणतन्त्र दिवसकै अवसरमा ठोरी ३ र ४ मा रहेका नेरा मावि ओडार र ज्ञानज्योती मावि घ्याङ्डाडाले गायन तथा नृत्य प्रतियोगिताको आयोजना गरेका छन् ।नेरा मावि ओडारमा विद्यार्थीहरुले गायन र नृत्य गर्दै दिवस मनाएको प्रधानाध्यापक भुपाल कुमार जोशीले जानकारी दिए ।उता घ्याङडाडामा रहेको ज्ञान ज्योति माविमा गायन र नृत्यसंगै सुनौलो पोका कार्यक्रम आयोजना गरेर गणतन्त्र दिवस मनाइएको प्रधानाध्यापक पिताचन्द्र ढुङ्गेलले बताए । यता ठोरी ४ मा रहेको मावि विजयवस्तिले पनि गणतन्त्र दिवसका अवसरमा खेलकुद प्रतियोगिता ,निबन्ध प्रतियोगिता ,कथा प्रतियोगिता लगायतका विभिन्न कार्यक्रमहरुको आयोजना गरेको छ।विभिन्न सदनमा विभाजन गरिएका विद्यार्थीहरुको सहभागीतामा कार्यक्रम गरि गणतन्त्र दिवस भव्यताका साथ मनाइएको प्रधानाध्यापक नारायण लामाले जानकारी दिए।

ताजा समाचार

spot_img

थप समाचार