Date
मङ्ल, पुस २९, २०८२
Tue, January 13, 2026
Date
मङ्ल, पुस २९, २०८२
Tue, January 13, 2026

कांग्रेस विशेष महाधिवेशन :...

वीरगञ्ज २९ पुस । नेपाली कांग्रेसको विशेष महाधिवेशनमा पक्षधरहरूले निर्वाचन प्रक्रिया धमाधम अघि...

नेपाली कांग्रेसको विशेष महाधिवेशन...

काठमाडौं, २९ पुस । नेपाली कांग्रेसको विशेष महाधिवेशनका लागि निर्वाचन समितिले निर्वाचन तालिका...

गच्छदारले भने कांग्रेस संकटमा,...

वीरगञ्ज , २९ पुस । नेपाली कांग्रेसका वरिष्ठ नेता विजय गच्छदारले पार्टी गम्भीर...

हिमाचलको सोलानमा ग्यास विस्फोट...

भारतको हिमाचल प्रदेशस्थित सोलान जिल्लाको अर्की भन्ने ठाउँमा ग्यास सिलिण्डर विस्फोट हुँदा ९...
spot_imgspot_imgspot_img
13.1 C
Kathmandu
16.4 C
Birgunj
spot_img

एयरपोर्ट अध्यागमनका अधिकृतविरुद्ध २ करोड भ्रष्टाचारको मुद्दा

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयका अध्यागमन अधिकृत रमाकान्त अर्यालविरुद्ध २ करोड ६ लाख रुपैयाँको भ्रष्टाचार मुद्दा दायर गरेको छ । गैरकानूनी सम्पत्ति आर्जन गरी उच्च जीवनयापन गरेको

उजुरीपछि अनुसन्धान गरेको अख्तियारले अर्यालको सम्पत्ति वैध आय भन्दा बढी देखिएको भन्दै विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

२०५९ भदौ २३ गतेदेखि सार्वजनिक सेवामा प्रवेश गरेका अर्यालले २०७५ मंसिर मशान्तम्म अर्यालले तलब, भत्ता, कर्जा, कृषि आय, स्त्रिधन, अंश, नगद र जग्गा बिक्रीबाट २ करोड ४९ लाख ९२ हजार ७ सय ३० रुपैयाँ आर्जन गरेको देखिएको अख्तियारले जनाएको छ ।

यही अवधिमा उनले आफू र आफ्नी श्रीमती सरिता नेपालसमेतका नाममा खरिद गरी राखेका एवं लगानी गरेको चल अचल सम्पत्तिहरु जग्गा खरिद, घर निर्माण, सवारी साधन खरिद, लगानी तथा खर्च र विभिन्न बैंकमा बचत गरेको रकम ४ करोड ५६ लाख ८१ हजार ८ सय ४१ रुपैयाँ देखिएको थियो ।

यसरी अर्यालको वैध आयको तुलनामा २ करोड ६ लाख ८९ हजार १ सय ११ रुपैयाँको स्रोत नखुलेकाले भ्रष्टाचार मुद्दा दायर गरेको अख्तियारका प्रवक्ता प्रदीप कोइरालाले जानकारी दिए । अख्तियारले अर्याल र उनकी पत्नीलाई प्रतिवादी कायम गरी बिहीबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।

ताजा समाचार

थप समाचार