Date
मङ्ल, जेष्ठ ६, २०८२
Tue, May 20, 2025
Date
मङ्ल, जेष्ठ ६, २०८२
Tue, May 20, 2025

कास्कीमा ४.७ रेक्टर भएर...

काठमाडौं,०६ जेठ । आज दिउँसो कास्की जिल्लाको सिनुवालाई केन्द्रबिन्दु बनाएर ४.७ रेक्टर स्केलको...

ठाकुरराम क्याम्पसमा नक्कली प्रमाणपत्र...

बीरगन्ज,०६ जेठ । ठाकुरराम बहुमुखी क्याम्पसमा नक्कली प्रमाणपत्र प्रकरण चर्किँदै गएपछि संयुक्त विद्यार्थी...

काठमाडौं महानगरले पर्यटन प्रहरी...

काठमाडौं,०६ जेठ । काठमाडौं महानगरपालिका नगर प्रहरी बलले पर्यटन प्रहरी सेल गठन गरेको...

एमाले महासचिव पोखरेलद्वारा राजावादी...

काठमाडाैं,०६ जेठ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले आगामी जेठ १५ देखि सुरु...
spot_imgspot_imgspot_img
23.2 C
Kathmandu
35.5 C
Birgunj
spot_imgspot_imgspot_img

एयरपोर्ट अध्यागमनका अधिकृतविरुद्ध २ करोड भ्रष्टाचारको मुद्दा

spot_imgspot_img
spot_img

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयका अध्यागमन अधिकृत रमाकान्त अर्यालविरुद्ध २ करोड ६ लाख रुपैयाँको भ्रष्टाचार मुद्दा दायर गरेको छ । गैरकानूनी सम्पत्ति आर्जन गरी उच्च जीवनयापन गरेको

- Advertisement -

उजुरीपछि अनुसन्धान गरेको अख्तियारले अर्यालको सम्पत्ति वैध आय भन्दा बढी देखिएको भन्दै विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

२०५९ भदौ २३ गतेदेखि सार्वजनिक सेवामा प्रवेश गरेका अर्यालले २०७५ मंसिर मशान्तम्म अर्यालले तलब, भत्ता, कर्जा, कृषि आय, स्त्रिधन, अंश, नगद र जग्गा बिक्रीबाट २ करोड ४९ लाख ९२ हजार ७ सय ३० रुपैयाँ आर्जन गरेको देखिएको अख्तियारले जनाएको छ ।

- Advertisement -

यही अवधिमा उनले आफू र आफ्नी श्रीमती सरिता नेपालसमेतका नाममा खरिद गरी राखेका एवं लगानी गरेको चल अचल सम्पत्तिहरु जग्गा खरिद, घर निर्माण, सवारी साधन खरिद, लगानी तथा खर्च र विभिन्न बैंकमा बचत गरेको रकम ४ करोड ५६ लाख ८१ हजार ८ सय ४१ रुपैयाँ देखिएको थियो ।

यसरी अर्यालको वैध आयको तुलनामा २ करोड ६ लाख ८९ हजार १ सय ११ रुपैयाँको स्रोत नखुलेकाले भ्रष्टाचार मुद्दा दायर गरेको अख्तियारका प्रवक्ता प्रदीप कोइरालाले जानकारी दिए । अख्तियारले अर्याल र उनकी पत्नीलाई प्रतिवादी कायम गरी बिहीबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।

ताजा समाचार

spot_img

थप समाचार