जेठ १६
पर्साको ठोरी गाउँपालिका वडा न . ४ मा प्रदेशसभा बिधायक कोषवाट मालीबस्ती देखि निर्मलवस्ती सम्मा पर्ने गाउवस्तीहरुमा रु आठ लाख रुपैयाको बजेटमा रोडलाईट जडान गरिने भएको छ । उदघाटन कार्यक्रमका प्रमुख अतिथि समेत रहेको प्रदेशसभा सदस्य शंकर प्रशाद चौधरीले प्रदेशको सिमित बजेटले ठोरी-४ ले नमुना तथा पृथक कार्य गरेकोमा खुशी ब्यक्त गरे । यसले गाउ वस्तीको सोभा बढाउनुको साथै रातमा बड्दो सार्पको त्रासलाई समेत मुक्त गराउने बिश्वास ब्यक्त गरे।
कार्यक्रम्मा बिशिष्ट अतिथि बृहस्पतिकृष्ण श्रेष्ठले ठोरीलाई नमुना र समृद्व बनाउन काङ्ग्रेसका युवाहरु सामेल हुन तयार भएपनि गाउपालिकाले निषेधको राजनितिक गरेर काङ्ग्रेसलाई चुनौति दिने हो भन्ने काङ्ग्रेस बलिलो प्रतिपक्षको भूमिका खेल्न पनि तयार रहेको बताउनु भयो ।
एक फरक प्रसंगमा कार्यक्रमलाई सम्बोधन गर्दै श्रेष्ठले गाउपालिका प्रमुखले चारपाँग्रे गाडी नचडेर २० लाख बचाएको भनि विभिन्न मिडिया बाजी गरेको आरोप लगाउनु भयो । गत बर्षमा २ करोड भन्दा बढी खर्च गर्न नसकेर र साढे चार करोड बेरुजु राखेर २० लाख बचाएको के अर्थ रहयो भन्दै प्रति प्रश्न गर्दै सस्तो लोकप्रियताको पछि नलागि आधुनिक युगको सम्पुर्ण स्रोत र साधन प्रयोग गरेर ठोरीलाई समृद्व र नमुना बनाउन लाग्न अनुरोध गर्नु भयो ।
![](https://nepalpostdaily.com/wp-content/uploads/2023/12/binod-mobile.png)
उज्यालो ठोरी-४ निर्माण समितिको अध्यक्ष चन्द्रबहादुर दोङ्गले आफ्नो गाउको रोडमा बत्ती बाल्न सम्म गाउपालिको अध्यक्ष पदमलाल श्रेष्ठले सिफारिस समेत नदिएको भन्दै दुखेसो व्यक्त गरे । तर साथीहरुको सहयोगले गाउपालिकाको असहयोगमा पनि काम सम्पन्न गरि छाडेको मा आफू खुसी भएको बताए ।
त्यस्तै ठोरी ४ का वडाध्यक्ष बैई बहादुर पाख्रीनले उज्यालो कार्यक्रमको प्रशंसा गर्दै आफू पहिला काङ्ग्रेसनै भएको हुदा आफूमा प्रजातान्त्रीक चरित्र साथ अघि बढी रहेको र बिकासको काममा कुनै बाधा नपुराएको बताउनु भयो ।
नेपाली काङ्ग्रेसका पर्सा जिल्ला सदस्य रामबहादुर श्रेष्ठले स्वागत मन्तव्य राख्दै ठोरी-४ मा रोड लाईटमा बजेट छुट्टाएको मा प्रदेशसभा सदस्य शंकर प्रशाद चौधरीलाई धन्यवाद दिदै यो ठोरी गाउपालिकामा नै नमुना कार्यक्रम भएको दावी गर्नु भयो ।
सोही कार्यक्रम सम्बोधन गर्दै राजपा ठोरीका संयोजक रामबहादुर पाख्रिनले ठोरीमा संसदीय कोष मार्फत हामीले बिभिन्न शिर्षकमा बिकास छुट्टाउदा गाउपालिका बाधक बनेको गुनासो गर्नु भयो । बिकास कार्यमा गाउपालिका जस्तो संस्था बाधक नभई सहकार्य गरेर हिड्न आग्रह गर्नु भयो । उज्यालो ठोरी-४ उदघाटन कार्यक्रमको सभापति माईकल श्रेष्ठको अध्यक्षतामा भएको थियो भन्ने कार्यक्रमको सहजिकरण संतोष श्रेष्ठले गरेको थियो ।