Date
सोम, मंसिर १, २०८२
Mon, November 17, 2025
Date
सोम, मंसिर १, २०८२
Mon, November 17, 2025

नहुने चुनावको पैरवी गरेर...

काठमाडौं,०१ मंसिर । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नहुने चुनावको पैरवी गरेर एमालेले...

आशिफको अर्धशतकमा जनकपुरले काठमाडौंलाई...

काठमाडौं,०१ मंसिर । नेपाल प्रिमियर लिग (एनपीएल)को पहिलो खेलमा जनकपुर बोल्ट्सले काठमाडौं गुर्खाजलाई...

सर्वोच्च अदालत आजदेखि पूर्ण...

काठमाडौं,०१ मंसिर । सर्वोच्च अदालत आजदेखि पूर्णरूपमा सञ्चालनमा आएको छ। गत भदौ २४...

सरकारले चासो नदेखेकाले आन्दोलन...

काठमाडौँ,०१ मंसिर । राष्ट्र, राष्ट्रियता, धर्म–संस्कृति र नागरिक बचाउ अभियानका संयोजक दुर्गा प्रसाईंले...
spot_imgspot_imgspot_img
18.1 C
Kathmandu
24.9 C
Birgunj
spot_img

चेल्सीले जित्यो युरोपा लिग उपाधि

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बाकुयुरोपा लिग फुटबलको उपाधि लन्डन क्लब चेल्सीले जितेको छ । अजरबैजानको बाकुमा बुधबार राति भएको फाइनल खेलमा इङ्लिस प्रिमियर लिग प्रतिद्वन्द्वी आर्सनललाई ४–१ गोलले हराउँदै चेल्सी च्याम्पियन बनेको हो । संयोगवश यसपटक दुवै इङ्लिस टोली फाइनलमा पुगे पनि आर्सनलको प्रदर्शन फितलो बन्यो ।

पहिलो हाफमा दुवै टोली गोलरहित बराबरीमा रोकिएका थिए । चेल्सीलाई पहिलो हाफमा रोक्न सफल आर्सनल दोस्रो हाफमा निरीह बन्यो । एकपक्षीय खेलमा चेल्सीलाई जिताउन इडन हजार्डले दुई तथा ओलिभर गिरोड र पेड्रो रोड्रिग्विजले एक एक गोल गरे । आसर्नलका एलेक्स इओवीले एउटा सान्त्वना गोल फर्काएका थिए । दोस्रो हाफमा आक्रामक देखिएको चेल्सीले ४९औं मिनेटमा खाता खोलेको थियो । चेल्सीका लागि पहिलो गोल गिरोडले गरे । ६०औं मिनेटमा रोड्रिग्विजले गोल गर्दै चेल्सीको अग्रता दोब्बर बनाएका थिए ।

त्यसपछि हाजार्डले दुई गोल थपे । सात वर्षदेखि चेल्सीमा खेलिरहेका हाजार्ड यसै सिजनबाट चेल्सी छाड्ने तयारीमा छन् । हजार्डले ६५औं मिनेटमा पेनाल्टीमार्फत गोल गरेका थिए । गिरोडलाई आर्सनलका मेटल्यान्ड निल्सले डीबक्सभित्र फल हानेर लडाएपछि चेल्सीले पेनाल्टी पाएको थियो । दोस्रो हाफमा चेल्सीको दबाब झेलेको आर्सनलका लागि एलेक्स इओबीले ६९औं मिनेटमा एक गोल फर्काए ।

त्यसपछि हाजार्डले ७२औं मिनेटमा व्यक्तिगत दोस्रो गोल थप्दै चेल्सीलाई सजिलै च्याम्पियन बनाएका थिए । यस उपाधिसँगै हाजार्डले चेल्सी यात्रालाई सुखद अन्य गरेका छन् । हाजार्ड आगामी सिजन स्पेनिस क्लब रियल म्याड्रिड जाने तयारी छन् ।

ताजा समाचार

थप समाचार