Date
मङ्ल, जेष्ठ ६, २०८२
Tue, May 20, 2025
Date
मङ्ल, जेष्ठ ६, २०८२
Tue, May 20, 2025

कास्कीमा ४.७ रेक्टर भएर...

काठमाडौं,०६ जेठ । आज दिउँसो कास्की जिल्लाको सिनुवालाई केन्द्रबिन्दु बनाएर ४.७ रेक्टर स्केलको...

ठाकुरराम क्याम्पसमा नक्कली प्रमाणपत्र...

बीरगन्ज,०६ जेठ । ठाकुरराम बहुमुखी क्याम्पसमा नक्कली प्रमाणपत्र प्रकरण चर्किँदै गएपछि संयुक्त विद्यार्थी...

काठमाडौं महानगरले पर्यटन प्रहरी...

काठमाडौं,०६ जेठ । काठमाडौं महानगरपालिका नगर प्रहरी बलले पर्यटन प्रहरी सेल गठन गरेको...

एमाले महासचिव पोखरेलद्वारा राजावादी...

काठमाडाैं,०६ जेठ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले आगामी जेठ १५ देखि सुरु...
spot_imgspot_imgspot_img
23.2 C
Kathmandu
35.5 C
Birgunj
spot_imgspot_imgspot_img

सुर्तीजन्य पदार्थ जनचेतनाले नियन्त्रण गर्न आवश्यक : उपप्रधानमन्त्री यादव

spot_imgspot_img
spot_img

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौँ । पछिल्लो समय नेपालमा १५ देखि १९ वर्ष समूहका किशोरकिशोरी सुर्तीजन्य पदार्थ विशेषगरी धूमपानको बढी सेवनकर्ता रहेको देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार कूल जनसङ्ख्याको ३० प्रतिशत मानिस सुर्तीजन्य पदार्थ

- Advertisement -

प्रयोग गर्दछन् । यसको ५० प्रतिशत त पुरुष रहेका छन् । तीमध्ये १५ देखि १९ वर्ष समूहका किशोरकिशोरी धूमपान गर्दछन् ।

सुर्तीजन्य पदार्थ सेवनले निम्त्याउने रोगका कारण बर्सेनि नेपालमा २५ हजारको अकालमा मृत्यु हुने गर्दछ । यो सङ्ख्या बर्सेनि वृद्धि भइराखेको मन्त्रालयद्वारा विश्व धूमपान दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा जानकारी दिइयो ।

- Advertisement -

चिकित्सकका अनुसार सुर्तीजन्य पदार्थ (चुरोट, पान, गुट्खा, बिँडी, हुक्का) सेवनले फोक्सोमा धेरै समस्या निम्त्याउँछ । यसले क्रोनिक अब्सक्टिभ पल्मनरी डिजिज, आज्मा, क्यान्सर तथा क्षयरोगको जोखिम गराउँछ ।

धूमपानका सात प्रकारका हानिकारक रसायन हुने र तीमध्ये ६९ प्रकारका क्यान्सरजन्य रसायन हुने विश्व स्वास्थ्य सङ्गठनले जनाएको छ । धूमपान गर्नेले उडाएका धुवाँको असरले विशेषगरी बालबालिका तथा गर्भवती महिलाको स्वास्थ्यमा बढी असर पर्ने गर्दछ ।

सरकारले सार्वजानिकस्थलमा धूमपान गर्न निषेध गरेको छ । तर यो क्रम रोकिएको छैन । उपप्रधान, स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले सुर्तीजन्य पदार्थ सेवन गर्न कानूनले निषेध गर्नेभन्दा यसले पार्ने असरका बारेमा जनचेतना जगाई नियन्त्रण गर्न आवश्यक रहेको बताए ।

उनले भने, ‘सरकारले बर्सेनि सुर्तीजन्य पदार्थमा करका दायरा वृद्धि गरिरहेको छ । नियन्त्रणका लागि कानून कार्यान्वयन गरिरहेको छ । सेवनकर्ता कम नभएको तथ्याङ्क आएका छन् । जनचेतना नै नियन्त्रणको सबैभन्दा राम्रो माध्यम हुन्छ ।’

उपप्रधानमन्त्री यादवले सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन गर्नेसम्बन्धी ऐन तथा नियमावलीको प्रभावकारी कार्यान्वयनमा मन्त्रालयले उच्च प्राथमिकता दिनेछ भने ।

स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री डा सुरेन्द्रकुमार यादवले सुर्तीजन्य पदार्थ सेवनका कारण मुटु, मिर्गौला, क्यान्सर जस्ता नसर्ने रोगको सङ्ख्यामा वृद्धि भइराखेको बताए । उनले यसलाई नियन्त्रण गर्न सुर्तीजन्य पदार्थ सेवन गर्नु हुँदैन भन्ने जनचेतना जगाउनु आवश्यक छ भने ।

‘सुर्तीजन्य पदार्थ होइनन्, स्वास्थ्य रोजौँ’ भन्ने नाराका साथ विश्व सुर्तीजन्य पदार्थरहित दिवस नेपालमा पनि विविध कार्यक्रम आयोजना गरी आज मनाइँदैछ । यस वर्षको नारा ‘सुर्तीजन्य पदार्थ होइन, स्वास्थ्य रोजौँ’ भन्ने रहेको छ ।

कार्यक्रममा गण्डकी प्रदेशका सामाजिक विकासमन्त्री नरदेवी पुनले आफ्नो प्रदेशमा सुर्तीजन्य पदार्थले निम्त्याउने रोगका बारेमा अभियान सञ्चालन गरिरहेको जानकारी दिए ।

पूर्वस्वास्थ्यमन्त्री तथा सांसद खगराज अधिकारीले सांसद विकास कोषको रकम सुर्तीजन्य पदार्थ नियन्त्रण र नियमन गर्न कार्यविधि बनाउन आवश्यक रहेको बताए ।

सो अवसरमा स्वास्थ्यमन्त्री ब्लुमवर्ग जनस्वास्थ्य पुरस्कार मन्त्री पुन, सांसद अधिकारी, सहसचिव रामकृष्ण सुवेदी तथा स्वास्थ्य पत्रकार मञ्चलाई वितरण गरिएको थियो । सो पुरस्कारको राशि रु ५० हजार रहेको छ ।

ताजा समाचार

spot_img

थप समाचार