बीरगंज, १७ जेठ — बाराको महागढीमाई नगरपालिकामा पर्ने धर्मपुर गाउँ नजिकै शुक्रबार बस पल्टिँदा एक जनाको मृत्यु हुनुका साथै १५ जना घाइते भएका छन् ।
रौटहटको कटहरियाबाट वीरगन्ज आउँदै गरेको बा २ ख ५०५५ नम्बरको बस अनियन्त्रित भइ पल्टिएको प्रहरीले जनाएको छ ।
रौतहटको कटहरिया नगरपालिका–४, की ६५ बर्षीया रघुपति देवी सोनारिनको उपचारको क्रममा कलैया अस्पतालमा मृत्यु भएको हो । ३ जना घाइतेलाई थप उपचारको लागि वीरगन्जको हेल्थ केयर अस्पतालमा ल्याइएको छ । बाँकी सबैको कलैया अस्पतालमा उपचार भइरहेको छ । बसका चालकलाई प्रहरी चौकी बरियारपुरले नियन्त्रणमा लिएको छ ।




