spot_img

३६ हजार घुससहित वडा सदस्य पक्राउ

spot_img
spot_img

काठमाडौं — अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वडा सदस्यलाई घुससहित पक्राउ गरेको छ।एकडारा गाउँपालिका- ४ महोत्तरीका वडा सदस्य रामचन्द्र राय (यादव) लाई ३६ हजार घुससहित अख्तियारले रंगेहात पक्राउ गरेको हो।

गाउँपालिकाको बजेटबाट निर्माण हुने धर्मशालाको रकम निकासा गराउन सहज गराई दिने भनी सेवाग्राहीसँग उनले घुस लिएको अख्तियार जनाएको छ।

घुस लिइसकेको अवस्थामा जलेश्वर नगरपालिका- १ स्थित सैलेश चोकबाट रङ्गेहात नियन्त्रणमा लिई अनुसन्धान भइरहेको अख्तियारका प्रवक्ता एवं सहसचिव प्रदीपकुमार कोइरालाले जानकारी दिए।

spot_img

ताजा अपडेट

लोकप्रिय