प्रधानमन्त्री केपी शर्मा ओली भारतबाट शुक्रबार साँझ फर्किँदैछन् । उनी आउने समयमा शुक्रबार पनि त्रिभुवन अन्तराष्ट्रिय विमानास्थलमा ३५ मिनेट अन्य विमानलाई उडान तथा अवतरणमा रोक लगाइएको छ । त्रिभूवन विमानस्थलले यसका लागि ‘नोटाम’ जारी गरिसेको छ ।
ओली ५ बजेर ४५ मिनेटमा काठमाडौं अवतरण गर्दैछन् । विमानास्थलका प्रवक्ता प्रताप तिवारीका अनुसार प्रधानमन्त्री आइपुग्नु भन्दा १५ मिनेट अघिदेखि २० मिनेट पछिसम्म विमानस्थलमा अन्य उडान तथा अवतरण हुनेछैन ।
ओली भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सपथग्रहण समारोहमा सहभागी भएर फर्कन लागेका हुन् । यसअघि बिहीबार उनी नयाँदिल्ली जाँदा पनि विमानस्थलमा उडान तथा अवतरण ठप्प पारिएको थियो । उडान प्रभावित भएपछि बिहीबार विमानस्थलमा नै यात्रुले नाराबाजीसमेत गरेका थिए ।
नोटामका कारण दर्जनौं उडान प्रभावित हुने गरेको छ ।




