Date
मङ्ल, बैशाख ९, २०८२
Tue, April 22, 2025
Date
मङ्ल, बैशाख ९, २०८२
Tue, April 22, 2025

तीनकुने घटना : मुख्य...

काठमाडौँ,०९ वैशाख । तीनकुनेमा गत १५ चैतमा भएको हिंसात्मक राजावादी प्रदर्शनका मुख्य योजनाकार...

सातै प्रदेशका मुख्यमन्त्री र...

काठमाडौँ,०९ वैशाख । सातवटै प्रदेशका मुख्यमन्त्री र प्रदेश प्रमुखहरूलाई लक्षित गर्दै दायर गरिएको...

एमाले बीरगन्ज महानगर कमिटीको...

बीरगन्ज,०९ वैशाख । नेकपा (एमाले) बीरगन्ज महानगर कमिटीको नयाँ नेतृत्व चयनका लागि मतदान...

कक्षा १२ को परीक्षा...

काठमाडौं, ९ वैशाख । शिक्षकहरूको लगातार आन्दोलनबीच राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को...
spot_imgspot_imgspot_img
30.1 C
Kathmandu
41.7 C
Birgunj
spot_imgspot_imgspot_img

प्रचण्डको अभिव्यक्तिले मधेसको राजनीति तरंगित,  फोरम र राजपादुबैले गरे प्रचण्डको अभिव्यक्तिको आलोचना

spot_imgspot_img
spot_img

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

जनकपुरधाम । प्रदेश २ को सरकार ढाल्नसक्ने नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अभिव्यक्तिले मधेसको राजनीति तरंगित भएको छ ।

- Advertisement -

प्रदेश २ मा सरकारको नेतृत्व गरिरहेको फोरम नेपालका पुराना नेता अमर यादवको समूहलाई पार्टी प्रवेश गराउने कार्यक्रममा प्रचण्डले प्रदेश २ को सरकार जनताको हितमा नभएको बताएका थिए । साथै यो बीचमा नै नेकपाको नेतृत्वमा प्रदेश सरकार बन्ने अवस्था आउने सक्ने धारणा राखेका थिए ।

प्रदेश २ मा फोरम र राजपाको गठबन्धन सरकार छ । दुबै दलका नेताहरुले प्रचण्डको अभिव्यक्तिको आलोचना गरेका छन् । ‘प्रचण्डज्यूले दिएको अभिव्यक्ति निराधार हो’ प्रदेशका भौतिक योजना मन्त्री जितेन्द्र सोनलले भने, ‘जतिसुकै भनेपनि यो सरकारमा कुनै आँच आउँदैन । मज्जाले चल्छ ।’

- Advertisement -

राजपाका महासचिव समेत रहेका सोनलले बहुमत पुर्‍याएर सरकार बनाउन प्रचण्डलाई चुनौति दिए । ‘सरकार सडकबाट नभई सदनबाट बन्छ’ उनले भने, ‘विधान, प्रकृयाले चल्छ । संविधानले दिएको अधिकारबाट चल्छ । बहुमतले चल्छ ।’

उनले प्रचण्डलाई प्रश्न गरे, ‘संविधानको कुन धाराअनुसार सरकार बनाउनुहुन्छ ? कि ३२ जनाले नै सरकार बनाउने हो ?’

प्रदेशमा आफ्ना कार्यकर्तामा आएको विचलनलाई हेरेर प्रचण्डको अभिव्यक्ति आएको उनको दाबी छ । यसअघि नेकपाका नेता माधवकुमार नेपालले पनि यस्तै अभिव्यक्ति दिएको भन्दै उनले भने, ‘अहिले प्रचण्डले पनि कार्यकर्तामा आएको विचलनलाई बुझेका छन् । कार्यकार्तालाई धैर्यधारण गर्न यस्ता अभिव्यक्ति दिएका हुन् ।’

फोरम नेपालले पनि प्रचण्डको अभिव्यक्ति गैर जिम्मेवार भएको बताएको छ । फोरम नेपालको तर्फबाट प्रदेशमा भूमी व्यवस्था कृषि तथा सहकारी मन्त्री रहेका शैलेन्द्र साहले कसैले भाषण गर्दैमा सरकार परिवर्तन नहुने बताए ।

राजपा र फोरमबीच सहमति हुँदासम्म सरकार परिवर्तन हुने कुनै सम्भावना छैन र रहँदैन’ फोरम नेपालका केन्द्रीय सदस्य समेत रहेका उनले भने, ‘यी दुई पार्टीबीच असहमति हुने कुरा टाढा-टाढासम्म पनि देखिएको छैन् ।’

आफ्नो पार्टी केन्द्र सरकारमा सहभागी भएपनि प्रदेशमा राजपासँग मिलेर नै सरकार चलाउने भन्दै उनले भने, ‘प्रदेशमा दुई पार्टीको गठबन्धनको सरकारले नै निरन्तरता दिनेछ । कसैले भाषण गर्दैमा केहि हुनेबाला छैन ।’

ताजा समाचार

spot_img

थप समाचार