Date
सोम, फाल्गुन ४, २०८२
Mon, February 16, 2026
Date
सोम, फाल्गुन ४, २०८२
Mon, February 16, 2026

आईसीसी टी–२० विश्वकप :...

काठमाडाै,०३ फागुन । आईसीसी टी–२० विश्वकप अन्तर्गत भारत र पाकिस्तानबीचको बहुप्रतिक्षित खेल जारी...

पर्साका ७६ सय बालिकाले...

बीरगन्ज,०३ फागुन । पर्साका ७६ सय बालिकाले पाठेघरको मुखको क्यान्सर रोकथामका लागि लक्षित...

एक करोड ९१ लाख...

काठमाडौं,०३ फागुन । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि देशभरका...

प्रतिनिधिसभा निर्वाचन प्रचारप्रसार फागुन...

बीरगन्ज,०३ फागुन । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि फागुन ४ गतेदेखि १८...
spot_img

श्रीलङ्कामा भएको आतङ्ककारी आक्रमणमा ज्यान गुमाएका ४२ जना विदेशी

spot_img

श्रीलङ्कामा गएको अप्रिल २१ मा शृङ्खलाबद्ध रुपमा भएका आत्मघाती आक्रमणमा ज्यान गुमााएका २५३ जना मध्ये ४२ जना विदेशी नागरिक रहेका अधिकारीहरुले मङ्गलबार पुष्टि गरेका छन् ।

अझै पनि १२ विदेशी नागारिक वेपत्ता रहेका विदेशी मन्त्रालयका अधिकारीहरुले जानकारी दिएका छन् । तीन ओटा चर्च र तीन ओटा होटलमा भएका यस आत्मघाती आक्रमणमा परेर घाइते भएका पाँचजना विदेशी नागरिक अझै पनि उपचाराको लागि अस्पतालमा भर्ना भएका बताइएको छ ।

श्रीलङ्काको विदेश मन्त्रलयद्धारा जारी विज्ञप्तिका अनुसार यस आक्रमणहरुका मारिएका सबभन्दा विदेशी नागरिक भारतका रहेका छन् । भारतका १२ जना नागरिक रहेका छन् । त्यसपछि क्रमशः बेलायतका ६ जना, चीनका चारजना र डेनमार्कको तीनजना रहेका छन् ।

त्यस्तै साउदी अरेबिया, स्पेन र टर्कीका दुई–दुई जनाले यो आक्रमणमा ज्यान गुमाए भने बङ्गलादेश, जापान, नेदरल्याण्ड, पोर्चुगल, स्विट्जरल्याण्ड र संयुक्त राज्य अमेरिकाका एक–एक नागरिकले यो आक्रमणमा परी ज्यान गुमाएका छन् । अन्यको अझै पहिचान खुलेको छैन ।

यस अघि श्रीलङ्कामा भएको आक्रमणमा परी ४० विदेशी नागरिक मारिएको उल्लेख गरिएको थियो ।

spot_img

ताजा अपडेट

लोकप्रिय