spot_img

धनुषामा प्रहरीको हतियार खोसेर तस्कर फरार

spot_img
spot_img

जनकपुर — धनुषामा तस्करले  प्रहरीको हतियार खोसेर भागेका छन् । घनुषाको मुखियापटि मुसरनिया गाउँपालिका–१ मा रहेको नेपाल-भारत नाकामा मंगलबार राति नेपालबाट लोकल रक्सी ओसार–पसार गरिरहेका करिब १०–१२ जनाको समूहमा रहेका तस्करलाई प्रहरीले रोक्न खोजेको थियो।

नाकामा रहेको प्रहरी चौकीबाट खटिएको नेपाल प्रहरीसहयक निरीक्षक प्रमोदकुमार साहसहितको टोलीले उनीहरुलाई रोक्न खोजेको थियो । राति २ः४० बजे तस्करहरुले तस्करीको सामानकासाथै उल्टै प्रहरी सहायक निरीक्षक साहका रिभल्वर लिएर फरार भएको घनुषाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेलले जानकारी दिएका छन् ।

प्रजिअ कणेलकाअनुसार घटनालगतै जिल्ला प्रहरी कार्यालय धनुषाको प्रहरी निरीक्षको घटनास्थलमा गएको थियो। अहिले डीएसपी ज्ञानकुमार महतोको टोली गएर तस्करहरुको खोजतलास गरिरहेको प्रमुख जिल्ला अधिकारी कणेलले बताए । यो नाका धनुषाको सर्वाधिक तस्करी हुने नाका हो । केही महिना अगाडी तस्करी रोक्न खोज्दा तस्करहरुले प्रहरी चौकीमाथि ढुंगामुढा प्रहार गरेका थिए ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय