भारतको महाराष्ट्रमा माओवादीको आक्रमण, १५ सुरक्षाकर्मीको मृत्यु

spot_img

काठमाडौँ – भारतको महाराष्ट्रमा माओवादीको आक्रमणमा परी १५ जना सुरक्षाकर्मीको ज्यान गएको छ ।

माओवादी लडाकुले गढचिरौलीमा सुरक्षाकर्मीलाई लक्षित गरी आक्रमण तथा बिस्फोट गराएका हुन् ।

नेपाली समय अनुसार बुधबार दिउँसो पौने १ बजे सुरक्षाकर्मी लक्षित गरी भएको आक्रमणमा अरु १० जना घाइते भएका छन् ।

माओवादी लडाकुले आईईडी बिस्फोट गराएका हुन् ।

बिस्फोटपछि सुरक्षाकर्मी र माओवादी लडाकुबीच गोली हानाहान भएको र अहिले पनि भिडन्त जारी रहेको समाचार संस्था एएनआईले जनाएको छ ।

spot_img

ताजा अपडेट

लोकप्रिय