Date
बिहि, फाल्गुन ७, २०८२
Thu, February 19, 2026
Date
बिहि, फाल्गुन ७, २०८२
Thu, February 19, 2026

‘टिम नेपाल’मार्फत पाँच वर्षमै...

जनकपुर,०७ फागुन । गगन थापा ले ‘टिम नेपाल’को अवधारणा अघि सार्दै पाँच वर्षभित्र...

लोकतान्त्रिक–प्रगतिशील शक्तिलाई विजयी गराउन...

काठमाडौं,०७ फागुन । पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट आन्दोलनका वरिष्ठ नेता झलनाथ खनाल ले...

संविधानको मर्मअनुसार शासन सञ्चालन...

काठमाडौं,०७ फागुन । राष्ट्रिय सभा उपाध्यक्ष विमला घिमिरे ले संविधानको मर्म र भावनाअनुरूप...

अस्थायी मतदाता नामावलीसम्बन्धी कार्यविधि...

काठमाडौं,०७ फागुन । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीका लागि आवश्यक अस्थायी मतदाता...
spot_img

फोरम र नयाँशक्ति २३ गते एकिकरण हुने, दुई अध्यक्ष रहने

spot_img

काठमाण्डु,बैशाख १९ गते— संघिय समाजवादी फोरम नेपाल र नयाँशक्ति पार्टी एकिकरण हुने निश्चित भएको छ ।उच्चस्तरीय स्रोतहरुका अनुसार वैशाख २३ गते पार्टी एकिकरणको घोषणा हुने तयारी गरिएको छ ।

दुई दलबीच भएको पछिल्लो सहमति अनुसार एकिकरण पार्टीको वरिष्ठ अध्यक्षमा डा.बाबुराम भट्टराई र कार्यकारी अध्यक्षमा उपेन्द्र यादव रहने छन् ।पार्टी एकताका लागि दुईवटा ‘मोडेल’मा घनिभूत छलफल भइरहेको बताईएको छ ।

हाल नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को मोडेल जस्तो फोरमले ६० र नयाँशक्तिले ४० प्रतिशत सिट पाउने र अर्को दुवै दलमा रहेका पदहरु यथावत रहने गरी मिल्नेमा छलफल जारी रहेको छ ।
स्रोतहरुका अनुसार पार्टीको नाम फेरिनेछ ।एकतापछि दुवै दलको नाम हटाएर नयाँ नामाकरण गरिने संभावना बढि रहेको छ ।तर दुवै दलको नामलाई मिलाएर पनि नामाकरण गर्न सकिने संभावना छ ।

‘फोरममा सह अध्यक्ष, वरिष्ठ नेता पहिलेदेखि नै रहेकाले त्यो पद यथावत रहनेछ’ स्रोतले भने, डा.भट्टराईलाई वरिष्ठ अध्यक्षको जिम्मेवारी दिएर कार्यकारी अध्यक्षमा यादव नै रहने छन् ।अन्य पदहरुलाई समायोजन गरिने स्रोतले बताए । नयाँशक्ति पार्टीका अध्यक्ष संघिय संसदमा एक्लै रहेको र उनीपनि फोरमकै चुनाव चिन्हबाट निर्वाचित भएकाले धेरै समस्या नदेखिएको स्रोतले जनाए ।

संघिय सरकारमा रहेको फोरमलाई सरकार छाड्न नयाशक्तिको दवाव छ ।सरकारबाट बाहिरिनु पर्ने नयाँशक्तिको दवावलाई फोरमले स्वीकार भने गरेको छैन् ।सरकारबाट बाहिरिने सम्बन्धमा पार्टी भित्र छलफल गरिने फोरम वार्ता समितिका नेताहरुले जनाएका छन् ।

संघिय संसदमा फोरमका नेता राजेन्द्र श्रेष्ठले सरकार संविधान संशोधनको प्रकृयालाई अगाडि नबढाए सरकारबाट हटने चेतावनी दिएका थिए ।फोरम अध्यक्ष यादवले पनि कार्यकर्ताहरुलाई सडक संघर्षका लागि तयार रहन निर्देशन दिईसकेका छन् । स्थानीय निर्वाचन हुनु अगावैपनि यादव र भट्टराईबीच पार्टी एकताको विषयमा छलफल भएको थियो ।तर दुवै पक्षबीच सहमति हुन सकेन् ।

डा.भट्टराईले कार्यकारी सहितको वरिष्ठता खोजेपछि एकिकरण हुन सकेको थिएन् । फोरमले नयाँशक्तिसित एकताको मोडेल र अन्य प्राविधिक पक्षहरुबारे निर्णय गर्न केन्द्रिय समितिको बैठक वैशाख २१ गते बोलाएको छ ।फोरमले नयाँशक्तिसितको एकताकै लागि महाधिवेशन सार्ने भएको छ ।

प्रादेशिक अधिवेशनहरु धमाधम सम्पन्न गरिरहेको फोरमले नयाँशक्तिसित एकतापछि महाधिवेशनको घोषित तिथिकै दिन राजनीतिक भेलाको आयोजना गर्ने भएको छ । वैशाख २८ गते जनकपुरधाममा फोरमले एकता भेल ागर्ने जनाईएको छ । फोरमको महाधिवेशन उद्घाटन बारहबिघा र बन्द सत्र मुजेलियास्थित मनिपालमा गर्ने तयारी गरिएको थियो ।तर महाधिवेशन सारिने निश्चित भएपछि जनकपुरधाममा नै राजनीतिक भेल ागर्ने स्रोतले जनाए ।

स्रोतका अनुसार महाधिवेशन सार्ने संभावना बढेपनि प्रदेशहरुको अधिवेशन र भातृ संगठनहरुको महाधिवेशन रोकिने छैन् ।७ वटै प्रदेश अधिवेशनको कार्यक्रमहरु पहिले नै सार्वजनिक भए अनुसार प्रदेश २ र १ को सम्पन्न भइसकेको छ । उच्चस्रोतका अनुसार नयाँशक्तिसित एकता प्रकृया टुंगिने वितिकै राष्ट्रिय जनता पार्टी(राजपा)नेपालसित एकता प्रकृयालाई अगाडि बढाईने छ ।

राजपाले पार्टीको महाधिवेशन कात्तिकमा सारेको छ ।तर फोरमसित एकता भए तीनै दलको एउटै महाधिवेशन हुनेछ ।सबै दलहरुले छुट्टाछ्ुटटै महाधिवेशन गरेर एकिकृत भएपछि फेरी महाधिवेशन गर्नुपर्ने भएकाले तीनै दल मिलेर एकता महाधिवेशन गरिने संभावना रहेको नेताहरुले बताए ।

एकताका लागि राजपासितपनि छलफल भइरहेको फोरम उच्चस्रोतहरुले जनाए ।फोरमले राजपा अध्यक्ष मण्डलका सदस्यहरुलाई एक भएर एकताका लागि आउन सुझाएका छन् ।राजपाको तर्फबाट वार्ता समितिको संयोजकमा अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतो छन् ।फोरमबाट वार्ता समितिको नेतृत्व सहअध्यक्ष राजेन्द्र श्रेष्ठले गरिरहेका छन् ।

फोरम, नयाँशक्ति र राजपा एकिकृत भए सत्तारुढ दल नेकपाका लागि टाउको दुखाई हुन सक्छ ।प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस आन्तरिक कलहमा अल्झिएको बेला एकिकृत पहिचानवादी शक्तिहरुले सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्न सक्ने राजनीतिक विश्लेषण गर्न थालिएको छ ।

डा.भट्टराईले कार्यकारी सहितको वरिष्ठता खोजेपछि एकिकरण हुन सकेको थिएन् ।
फोरमले नयाँशक्तिसित एकताको मोडेल र अन्य प्राविधिक पक्षहरुबारे निर्णय गर्न केन्द्रिय समितिको बैठक वैशाख २१ गते बोलाएको छ ।फोरमले नयाँशक्तिसितको एकताकै लागि महाधिवेशन सार्ने भएको छ ।

प्रादेशिक अधिवेशनहरु धमाधम सम्पन्न गरिरहेको फोरमले नयाँशक्तिसित एकतापछि महाधिवेशनको घोषित तिथिकै दिन राजनीतिक भेलाको आयोजना गर्ने भएको छ । वैशाख २८ गते जनकपुरधाममा फोरमले एकता भेल ागर्ने जनाईएको छ ।

फोरमको महाधिवेशन उद्घाटन बारहबिघा र बन्द सत्र मुजेलियास्थित मनिपालमा गर्ने तयारी गरिएको थियो ।तर महाधिवेशन सारिने निश्चित भएपछि जनकपुरधाममा नै राजनीतिक भेल ागर्ने स्रोतले जनाए । स्रोतका अनुसार महाधिवेशन सार्ने संभावना बढेपनि प्रदेशहरुको अधिवेशन र भातृ संगठनहरुको महाधिवेशन रोकिने छैन् ।७ वटै प्रदेश अधिवेशनको कार्यक्रमहरु पहिले नै सार्वजनिक भए अनुसार प्रदेश २ र १ को सम्पन्न भइसकेको छ ।

उच्चस्रोतका अनुसार नयाँशक्तिसित एकता प्रकृया टुंगिने वितिकै राष्ट्रिय जनता पार्टी(राजपा)नेपालसित एकता प्रकृयालाई अगाडि बढाईने छ ।राजपाले पार्टीको महाधिवेशन कात्तिकमा सारेको छ ।तर फोरमसित एकता भए तीनै दलको एउटै महाधिवेशन हुनेछ ।सबै दलहरुले छुट्टाछ्ुटटै महाधिवेशन गरेर एकिकृत भएपछि फेरी महाधिवेशन गर्नुपर्ने भएकाले तीनै दल मिलेर एकता महाधिवेशन गरिने संभावना रहेको नेताहरुले बताए ।

एकताका लागि राजपासितपनि छलफल भइरहेको फोरम उच्चस्रोतहरुले जनाए ।फोरमले राजपा अध्यक्ष मण्डलका सदस्यहरुलाई एक भएर एकताका लागि आउन सुझाएका छन् ।राजपाको तर्फबाट वार्ता समितिको संयोजकमा अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतो छन् ।फोरमबाट वार्ता समितिको नेतृत्व सहअध्यक्ष राजेन्द्र श्रेष्ठले गरिरहेका छन् ।

फोरम, नयाँशक्ति र राजपा एकिकृत भए सत्तारुढ दल नेकपाका लागि टाउको दुखाई हुन सक्छ ।प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस आन्तरिक कलहमा अल्झिएको बेला एकिकृत पहिचानवादी शक्तिहरुले सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्न सक्ने राजनीतिक विश्लेषण गर्न थालिएको छ ।

spot_img

ताजा अपडेट

लोकप्रिय