24.1 C
Kathmandu
Thursday, July 7, 2022
24.1 C
Kathmandu
32.7 C
Birgunj

रुपनदेही जिल्लामा आगलागी दुर्घाटनामा छ वटा घर जलेर नष्ट

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बुटवल, १९ वैशाख — हावाहुरीका कारण रुपन्देहीका गैडहवा गाउँपालिका ४ सूर्यपुरा ठाकुरापुरमा आगलागी हुँदा चार स्थानमा ६ घर जलेर नष्ट भएका छन् ।

- Advertisement -

हनुमान कलवारको गहुँ काटेर थुपारिएको छ्वालीबाट फैलिएको आगोले स्थानीयका ६ घर जलेका हुन् । खरले छाएका घर जल्दा अन्नपात र भाँडाकुँडा नष्ट भएका छन् । आगोमा जलेर तीनवटा बाख्रासमेत मरेका छन् ।

- Advertisement -

दमकलको सहयोगमा प्रहरी र स्थानीयबासीले राति साढे २ बजेतिर आगो नियन्त्रणमा लिएका थिए । आगोले र्पुयाएको क्षतिको पूर्ण्विवरण संकलनको काम भइरहेको प्रहरीले जनाएको छ ।

भैरहवाको वसन्तपुर र तिलोत्तमाको मंगलापुरमा पनि गहुँ काटेका खेतहरुमा राति आगलागी भएका छन् । आगो वस्तीमा फैलिन नदिन प्रहरीहरुले हम्मेहम्मे परेको थियो ।

ओमसतिया गाउँपालिका– २ मा पनि स्थानीयको परालको टौवा र बाँसघारीमा आगलागी भएको प्रहरीले जनाएको छ । ती सबै आगलागीका घटना गएराति नै नियन्त्रणमा लिइएको बुटवल प्रहरीले जनाएको छ ।

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार

- Advertisement -