आज राष्ट्रिय प्रारम्भिक कक्षा पढाइ कार्यक्रम अन्तर्गत कक्षा १-३ सम्म नेपाली विषय अध्यापन गर्ने शिक्षकहरुको लागि १० दिने तालिम सन्चालन भएको छ ।श्री ने रा आधारभुत विधालय निर्मलबस्तीको प्र अ गोपि लाल श्रेष्ठको अध्यक्षतामा सो तालिम सन्चालन भएको थियो। कार्यक्रममा अतिथिको रुपमा शैक्षिक तालिम केन्द्र कलैया बाराका शाखा अधिकृत सन्जिव चौधरीको उपस्थिती रहेको थियो ।तालिमको सहजिकरण भने सरस्वती मा वि गौतमनगर ठोरीका नेपाली विषयका शिक्षकहरु कृश्न प्रसाद पौडेल ,केशव शर्माले गर्ने भएको छ ।१० दिन सम्म सन्चालन हुने सो तालिममा ठोरी गाउपालिकाको सामुदायिक विधालयको शिक्षकहरुको उपस्थिती रहेको थियो । आधारभुत तहको शिक्षाको गुणस्तरमा सुधार ल्याउन नेपाल सरकारले २०७२ सालदेखी लागू गरेको सो तालिम ठोरी गाउपालिकामा २०७५ सलमा पनि सन्चालन भएको थियो। सो तालिममा ठोरी गाउपालिकाको २१ वटै सामुदायिक विधालयका कक्षा१-३ मा अध्यापन गर्ने शिक्षकहरुको सहभागिता रहेको थियो ।




