spot_img

सप्तरीमा आगलागि, ५ घर जले, ७ लाख बराबरको क्षति

spot_img
spot_img

सप्तरी, १९ जेठ  — सप्तरीको बोदेबरसाइन नगरपालिका–३ स्थित गौराटोलमा शनिबार राति आगलागी हुँदा पाँच घर जलेर नष्ट भएको छ ।

राशिन्द्र यादवको घरमा विद्युत् चुहिएर भएको आगलागीमा यादवको एक घरसहित काशिन्द्र यादव, जयनारायण यादव, जागेश्वर यादव र ध्रुवकुमार यादवका घर पूर्णरूपमा जलेर नष्ट भएको सप्तरी प्रहरीले जनाएको छ ।

आगलागीमा परी अन्नपात, लत्ताकपडा, भाँडावर्तन, पम्पिङ सेट, पक्षी सहित सरसामान जलेर नष्ट हुँदा करीब रु सात लाख बराबरको क्षति भएको पीडितहरुले जनाएका छन् ।

spot_img

ताजा अपडेट

लोकप्रिय