बीरगंज, १९ जेठ — आर्थिक वर्ष २०७६/०७७ को बजेटमाथि आइतबारदेखि संसदमा छलफल सुरु भएको छ । यहि जेठ १५ गते अर्थमन्त्री डा. युवराज खतिवडाले आर्थिक वर्ष २०७६/०७७ को बजेट संघीय संसदमा पेश गरेका थिए ।
अर्थमन्त्री युवराज खतिवडाले आइतबार आर्थिक वर्ष २०७६/०७७ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव संसदमा पेश गर्ने संसद सचिवालयले जनाएको छ । छलफल तीन दिनसम्म चल्नेछ ।
बजेटको आकार १५ खर्ब ३२ अर्ब ९६ करोड ७१ लाखको छ।




