spot_img

रुपन्देहीमा बस दुर्घटना १ को मृत्यु ११ घाइते

spot_img
spot_img

बुटवल, २० जेठ — रुपन्देहीको सैनामैना नगरपालिकाको सालझण्डीमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् ।

मृत्यु हुनेमा बुटवल उपमहागरपालिका ११ देवीनगरका ५० वर्षीया माया श्रेष्ठ रहेको प्रहरीले जनाएको छ । कपिलवस्तु सदरमुकाम तौलिहवाबाट काठमाडौंका लागि छुटेको लु २ ख ८३९ नम्बरकोे बस आइतबार राति दुर्घटनामा भएको हो । घाइतेमध्ये तीनजनाको अवस्था गम्भीर रहेको छ ।

गम्भीर घाइते भएका बस चालक शिव ढकाल र अन्य दुई जनाको परिचय खुल्न नसकेको इलाका प्रहरी कार्यालय सालझण्डीले जनाएको छ । घाइते सबैको मर्सि्सिटी अस्पताल बुटवलमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।

spot_img

ताजा अपडेट

लोकप्रिय