spot_img

डोनल्ड ट्रम्पद्वारा मेगन मार्कललाई ‘दुष्ट’ नभनेको दाबी

spot_img
spot_img

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले डचिस अफ ससेक्स मेगन मार्कललाई आफूले ‘दुष्ट’ नभनेको दाबी गरेका छन्। तर उनले गरेको टिप्पणीको अडिओ रेकर्ड सार्वजनिक भइसकेको छ।

“मैले मेगनलाई कहिल्यै ‘दुष्ट’ भनेको छैन,” आइतवार ट्वीट गर्दै ट्रम्पले भने, “यो मिथ्या समाचार फैलाउने सञ्चारमाध्यमको काम हो र उनीहरू आत्तिए।”

ट्रम्पले आफ्नो यूके भ्रमणपूर्व सन पत्रिकालाई दिएको अन्तर्वार्तामा मार्कलबारे टिप्पणी गरेका थिए। भूतपूर्व अमेरिकी अभिनेत्री मार्कल ट्रम्पको प्रखर आलोचक रहेकी थिइन्।

उनले सन् २०१६ को राष्ट्रपतीय निर्वाचनमा डेमोक्र्याटिक पार्टीकी हिलरी क्लिन्टनलाई समर्थन गरेकी थिइन् र ड्रम्पलाई ‘विभाजनकारी’ र ‘स्त्रीद्वेषी’ भनेकी थिइन्।

सन पत्रिकासँगको अन्तर्वार्ताका क्रममा ट्रम्पले पहिलो पटक मार्कलले गरेको आलोचनाबारे सुनेको बताएका थिए।

प्रतिक्रिया कस्तो छ

त्यस अन्तर्वार्तामा उनले भनेका छन्, “मलाई त्यो थाहा थिएन। म के भन्न सक्छु र? मलाई थाहा थिएन उनी दुष्ट थिइन् भन्ने।”

मार्कल राजपरिवारमा प्रवेश गरेकोमा प्रसन्नता व्यक्त गर्दै ट्रम्पले मार्कलले ‘असल राजकुमारी’को भूमिका निर्वाह गर्नेमा आफू विश्वस्त रहेको बताएका थिए।

“यो राम्रो कुरा हो र मलाई लाग्छ उनले त्यस भूमिकालाई राम्ररी निर्वाह गर्नेछिन्,” उनले भनेका छन्।

Presentational white space

आइतवार सन पत्रिकाले आफ्नो वेबसाइटमा उक्त अन्तर्वार्ताको श्रव्य रेकर्ड पनि प्रकाशित गरेको थियो।

अन्तर्वार्ता प्रकाशित भएको भोलिपल्ट ट्रम्पले आफूले त्यसको नबोलेको दाबी गरेपछि टिप्पणीकारहरूले उनको उक्त भनाइ रेकर्डमा रहेको औँल्याएका छन्।

ब्रिटेनका राजकुमार ह्यारीसँग विवाह गरेकी मार्कल गत महिना आमा बनेकी छन्।

उनी हाल सुत्केरी बिदामा छिन् र ट्रम्पले ब्रिटेन भ्रणमका क्रममा उनलाई भेट्ने अपेक्षा गरिएको छैन।

ट्रम्प-मेगनतस्वीर कपीराइटREUTERS
Presentational white space

यूके भ्रमण

अमेरिकी राष्ट्रपति ट्रम्प तीनदिने ब्रिटेन भ्रमणका लागि सोमवार स्थानीय समयानुसार बिहान लन्डन पुग्दैछन्।

बिहान नौ बजे अमेरिकी वायुसेनाको विमान लन्डनस्थित स्ट्यान्डस्टेड विमानस्थलमा अवतरण गर्ने अपेक्षा गरिएको छ।

बर्किङ्गम दरबारमा महारानी एलिजाबेथले सोमवार साँझ राष्ट्रपति ट्रम्प र उनकी पत्नी मेलानिया ट्रम्पका लागि राजकीय भोजको आयोजना गर्नेछिन्।

ट्रम्पको भ्रमणका बेला लन्डन, म्यान्चेस्टर, बेल्फास्ट, बर्मिङ्गम, नोटिङ्गम आदि स्थानमा उनको विरोधमा प्रदर्शनकारीहरूले कार्यक्रम गर्ने योजना बनाएका छन्।

आफ्नो भ्रमणपूर्व ड्रम्पले द सन पत्रिकासँग टोरी नेता बोरिस जोन्सनलाई ब्रिटेनको भावी प्रधानमन्त्रीका रूपमा आफ्नो समर्थन रहेको बताएका थिए।

spot_img

ताजा अपडेट

लोकप्रिय