spot_img

अनाधिकृत रुपमा शिक्षक नियुक्त गरेको आरोपमा विद्यालय निरिक्षक पक्राउ

spot_img
spot_img

बीरगंज, २० जेठ — अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पर्साको जगरनाथपुर गाउँपालिका निवासि एक विद्यालय निरिक्षकलाई पक्राउ गरेको छ ।

आयोगको हेटौडा कार्यालयबाट आएको टोलिले बिद्यालय निरिक्षक राजेश्वर चौरसियालाई अनाधिकृत रुपमा शिक्षक नियुक्त गरेको आरोपमा पक्राउ गरेको हो ।
३५ जना भन्दा बढी नक्कली शिक्षकलाई राहत, अस्थायी र करारमा नियुक्त गरेको घटनाका सम्बन्धमा छानबिन गरिरहेको अख्तियारले विद्यालय निरीक्षक चौरसियालाई थप अनुसन्धान र कारबाहीका लागि नियन्त्रणमा लिएको हो ।

चौरसियालाई अख्तियारको केन्द्रीय कार्यालयमा पठाइने र केन्द्रले नै आवश्यक अनुसन्धान र कारबाही प्रक्रिया अघि बढाउने आयोगको कार्यालय हेटौंडाका प्रवक्ता देवकुमार राईले बताउनुभयो ।

spot_img

ताजा अपडेट

लोकप्रिय