बीरगंज, २० जेठ — मैथिल महिलाको प्रमुख पर्व बटसाबित्री सोमबार बीरगंज लगायत तराइ मुलमा धुमधामका साथ मनाइँदै छ ।
पतिको दिर्घायुको कामना गर्दै महिलाहरु वटसाबित्री पर्वमा वरको रुख नजिक विशेष पुजा गर्ने परम्परा रहेको छ । यसमा वरको रुख, नागनागिन र सोमाधोविनको पुजा गरिने प्रचलन पनि चलिआएको छ ।
साबित्री र सत्यवानको कथामा साबित्रीले आफनो तपस्याद्वारा पति सत्यवानलाई बचाएको भन्ने कथन पनि रहेको छ । पर्वको अवसरमा बारा, पर्सा, जनकपुरको राममन्दिर, गणेशमन्दिर, विवाह मण्डपमा रहेको वरको रुख नजिक पुजा गर्नेहरुको भीड लागेको छ । खासगरी यो पर्व तराइ क्षेत्रमा बढी मनाउने गरिन्छ । नवविवाहित महिलाको घरमा यसदिन विशेष उत्सव हुने गर्छन ।




