spot_img

फेसबुकमा नग्न तस्बिर राख्न पाउनुपर्ने भन्दै प्रदर्शन

spot_img
spot_img

एजेन्सी- सामाजिक सञ्जाल फेसबुकमा नांगो तस्बिर राख्न पाउनुपर्ने भन्दै फेसबुकको न्यू योर्क मसख्यालयमा प्रदर्शन गरेका छन्। फेसबुक र इन्स्टाग्रामले कलात्मक नग्नता विरुद्द सेन्सर लगाएको आरोपमा आइतबार उनीहरुले प्रदर्शन गरेको सीएनएनले जनाएको छ।

प्रदर्शनकारीले सडकमा नग्न भएर आफ्ना निप्पल देखाएको समाचारमा जनाइएको छ। सेन्सरसीप विरुद्ध राष्ट्रिय गठबन्धनले विरोधको आयोजना गरेको थियो। महिला अधिकारकर्मीले सामाजिक सञ्जालमा आफ्ना अङ्गहरू माथि सेन्सर लगाउने काम न्यायोचित नभएको बताएका छन्।

मदर्स डेका दिन बच्चाले आमाको दुख चुसिरहेका फोटाहरूमा पनि फेसबुकले सेन्सर लगाएको आन्दोलनरत समूहको दाबी छ। इन्स्टाग्रामको सामुदायिक निर्देशिका अनुसार नग्न फोटो साइटमा प्रतिबन्धित छन्।

 

spot_img

ताजा अपडेट

लोकप्रिय