वीरगञ्ज, २१ जेष्ठ – एम २ कार्टले मुस्लिम धर्मावलम्वीहरुको महान पर्व रमजानको अवसरमा ईफतार आयोजना गरेको थियो । वीरगञ्जस्थित लाठगल्लीमा मुख्य कार्यालय रहेको एम २ कार्टले कार्यालय परिसरमै ईफतारको आयोजना गरेको थियो । आईतबार आयोजना गरिएको ईफतारमा करिब ६० जनाको सहभागिता रहेको एम २ कार्टका कार्यक्रम संयोजक नितेष वर्णवालले जनाएका छन् ।
केही दिन अघि मात्र स्थापना भएको एम २ कार्टले घर बसेर सपिङ्गको सेवा प्रदान गर्नेछ । आफुलाई आश्वयक पर्ने विभिन्न वस्तुहरु एम २ कार्टले घर सम्मै पुर्याईने दिने एम २ कार्टका निर्देशक मनिष मल्लिक को भनाई छ । उनका अनुसार उपभोक्तको सहजतालाई ख्यालमा राखि एम २ कार्टले काम गर्नेछ । घर बसेर नै सपिङ्ग गर्नका लागि चाँडै वेभसाईट मोबाईल एप्लिकेशन ल्याउन लागेको उनको भनाई छ ।
सामाजिक उत्तरदायित्व बहन गर्दै आफुहरु सामाजिक क्रियाकलापमा पनि अग्रसर हुने एम २ कार्टका संयोजक मजहर आलमको भनाई छ ।




