spot_img

मस्जिदमा नवाज पढ्न गएका नगर प्रमुख माथि हातपात

spot_img
spot_img

रौतहट, जेठ २२ — मुस्लिमहरूको पवित्र पर्व इद मनाउनका लागि चन्दा नदिएको भन्दै मस्जिदमा नवाज पढ्न गएका रौतहटको राजपुर नगरपालिकाका नगर प्रमुख माथि हातपात भएको छ। मंगलाबार राति राजपुर नगरपालिकाका नगर प्रमुख शेख सकिललाई स्थानीयको एक समूहले राजपुरको मह्मुदिया मस्जिदमा कुटपिट गरिएको हो।

स्थानीय युवाहरूले इदमा कार्यक्रम गर्नका लागि स्थानीयले मेयरसँग चन्दा सहयोग माग गरेका थिए। पहिले पनि नगरपालिकाले धार्मिक कार्यक्रमहरूमा सहयोग गर्ने गरेको र तर यस पटक इदको अघिल्लो दिन मंगलबारसम्म पनि मेयरले सहयोग रकम नदिएपछि आक्रोशित बनेका शेख कासिम लगायत व्यक्तिहरूले नगर प्रमुख सकिलमाथि आक्रमण गरेको थियो।

मस्जिदमा नवाजका लागि गएको बेला स्थानीयले आफूसँग सहयोग रकम माग गरेको र अहिले खल्तीमा पैसा नभएकोले सहयोग रकम भोलि दिन्छु भन्दा केही व्यक्तिहरूले टर्चले टाउकोमा प्रहार गर्दै कुटपिट गरेको नगर प्रमुख सकिलले बताए।

राति राजपुरको मस्जिदमा नवाज पढन गएका नगर प्रमुख माथि हातपात भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक नवीन कार्कीले जानकारी दिएका छन्। सकिलको टाउकोमा चोट लागेको र गौर अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि वीरगंज पठाइएको कार्कीले बताए। नगर प्रमुख सकिलमाथि आक्रमण गर्ने  पहिचान भएको र खोजी कार्य जारी रहेको प्रवक्ता कार्कीले बताए।

spot_img

ताजा अपडेट

लोकप्रिय