२२ जेठ — नेपाल पत्रकार महासंघ धनकुटका कार्यकारी सदस्य तथा डि वि आर टेलिभिजन धरानका पत्रकार दिल वहादुर राईलाई गएराती टेलिभिजनको कार्यालयमा काम गरिरहेको अवस्थामा आक्रमण भएको छ ।
पत्रकार राईलाई धरान स्थिति डि वि आर टेलिभिजनको कार्यालयमा काम गरिरहेको अवस्थामा चार पाच जनाको समुह आई आक्रमण गरी गंभिर घाईते बनाएको धरानका पत्रकार मनिला चाम्लिङ्गले वताईन । आक्रममा परी गंभिर घाईते भएका राईको धरान स्थित वि पि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपामा उपचार भैरहेको छ ।




